लहानका DFO शैलेन्द्र कुमार मिश्रको भारतबाट ल्याउँदै गरेको अबैध सामान पक्राउ

ॐप्रकश यादव सिरहा
लहान, । देशभर ‘जेन–जेड आन्दोलन’पछिको कठोर भ्रष्टाचार विरोधी माहोलबीच सिरहामा सरकारकै जिम्मेवार अधिकारी अवैध कार्यमा संलग्न भएको तथ्य फेला परेको छ । लहान डिभिजन वन कार्यालयका (DFO) प्रमुख शैलेन्द्र कुमार मिश्रले विदाको दिन सरकारी गाडी लिएर भारतको लड़नियाबाट चोर बाटो प्रयोग गरी घरेलु विद्युतीय सामग्री ल्याउँदै गरेको अवस्थामा गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल बरियारपट्टीले नियन्त्रणमा लिएको छ । लहान डिभिजन वन कार्यालयका (DFO) प्रमुख शैलेन्द्र कुमार मिश्रलाई भारतबाट चोर बाटो मार्फत घरेलु विद्युतीय सामग्री ल्याउँदै गरेको अवस्थामा गाडी सहित उक्त विधुतीय समान नियन्त्रणमा लिइएको छ ।
बरियारपट्टी स्थित सशस्त्र प्रहरी बल (APF) का इन्चार्ज पशुपति खनालका अनुसार गोप्य सूचनाका आधारमा गरिएको निगरानीपछि मिश्रले प्रयोग गर्ने सरकारी गाडी सहित एलजी कम्पनिको फ्रिज १ थान, टेलिभिजन १ थान र वाशिङ मेसिन १ थान सहित नियन्त्रणमा लिइएको हो । पक्राउ परेका सामग्रीहरू चलनचल्तीको भन्सार प्रक्रिया नमिलाई अबैध बाटो हुदै नेपाल प्रवेश गराइएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको बताइएको छ ।
खनालका अनुसार पक्राउ परेका सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि माडर भन्सार कार्यालयमा हिजो रातिनै बुझाइएको छ । “कुनै व्यक्ति सरकारी ओहोदामा पुगेको छ भन्दैमा उसले कानुन मनपरी तोड्न पाइँदैन,” खनालले भने, “भ्रष्टाचार विरुद्ध देशभर जनदबाब छ, यस्तो अवस्थामा सरकारी निकायकै उच्च अधिकारीले नियम मिच्नु झन् गम्भीर विषय हो ।”
यता, डिएफओ मिश्रको पछिल्लो कामले “भ्रष्टाचारविरोधी छवि” माथि प्रश्न उठिरहेको छ । उनीहरूले सरकारी संरचनाभित्रै बसेर गैरकानुनी कमाइ र सत्ताको दुरुपयोग गर्ने प्रवृत्ति अझै दमन गर्न आवश्यक रहेको टिप्पणी गरेका छन् ।
सिरहासहित देशभर ‘जेन–जेड आन्दोलन’ले भ्रष्टाचारविरुद्ध सतर्कता र दबाब सिर्जना गरिरहेका बेला यस्तो घटना बाहिरिनुले सरकारी निकायको इमानदारीप्रति शंका उत्पन्न भएको जनस्तरको धारणा छ ।

प्रतिक्रिया