कामको सम्मान – राम्रो काम गर्नेलाई पुरस्कार
-
कास्की असोज २ शुक्रबार
- पृतांक दैनिक संवाददाता
व्यवसायिक कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरी सम्पूर्ण प्रहरी कर्मचारीलाई असल कार्य गर्न प्रोत्साहित गर्नको निमित्त जिल्ला प्रहरी कार्यालय, कास्की र मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरु मध्येबाट एक महिनाको अवधिमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीको छनौट गरी पुरस्कृत/सम्मान गर्ने गरिएकोमा भाद्र महिनाको उत्कृष्ट प्रहरी “POLICE OF THE MONTH” सम्मानद्वारा सम्मानित/पुरस्कृत प्रहरी चौकी भरतपोखरी कास्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक कपिल घिमिरेलाई प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गरिएको छ । साथै उत्कृष्ट कार्य गरी विभिन्न प्रहरी अधिकृत तथा जवानहरुलाई समेत नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको र कार्यालय प्रमुख प्रहरी उपरीक्षकज्यूबाट सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई व्यवसायिक र लगनशील भई कार्यक्षेत्रमा प्रहरी सेवा प्रदान गर्न निर्देशन समेत दिनुभएको थियो ।


प्रतिक्रिया