प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्तले मौलो पुजा गर्नु भयो।


  • पृतांक राष्ट्रिय दैनिक पत्रिका लहान 
  • कात्तिक ९ गते आइतबार २०७७

शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गर्नु हुँदै कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्त।
नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको महानवमीको अवसरमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा मौलो पूजा कार्यक्रम सम्पन्न भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त पन्त ज्युले एक कार्यक्रमका बीच मौलामा पूजा गर्नुका साथै संकल्प पूजा आरधाना समेत गर्नुभएको छ । उक्त अवसरमा उहाँले कुविन्डो तथा वलि पूजा साथै विभिन्न हातहतियारको समेत पूजा गर्नु भयो र प्रहरीको एक टुकुडीले चारै दिशामा रहेका विभिन्न शक्तिपिठ एवम् देवि देवताहरुलाई शलामी अर्पण समेत गरेको थियो ।
कार्यक्रममा विजया दशमीको शुभकामना व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक बसन्त पन्त ज्युले नेपाल प्रहरी संगठनका सदस्य एवं परिवारजनमा सुख, शान्ति र समृद्धिको कामना समेत गर्नुभएको छ ।

साथै उहाँले उक्त पूजाका बिभिन्न बिधामा कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई शिरमा पगडी बाधिदिनुका साथै नगद पुरस्कारले समेत पुरस्कृत गर्नु भएको छ । कार्यक्रमकै अवसरमा प्रहरी वरिष्ठ उपरीक लगायत सिनियर प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीहरुद्वारा सयुंक्त रुपमा फुलपाती सहित भगवती मन्दिरको परिक्रमा समेत गरिएको थियो ।

प्रतिक्रिया