सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागुअौषध बरामद

  • पृतांक राष्ट्रिय दैनिक -संवाददाता 

कृष्णा यादव वीरगंज २ कार्तिक सशस्त्र प्रहरी बल नेपाल बोर्डर सीमा आउट पोस्ट भन्सारले प्रतिबन्धित लागुऔषध बरामद गरेको छ ।

बिशेष सुचनाको अधारमा वीरगन्ज महानगरपालिका– १६ इनर्वानजिक दशगजा क्षेत्रको सीमास्तम्भनजिक फालिएको लागुऔषध बरामद गरेको हो ।

सशस्त्र प्रहरीले डाइजपाम एक सय ७८ थान, फेनारगन एक सय ७८ थान, नुफिन एक सय ७८ थान, नाइट्राभेटका १९ पत्ता र उइन साइरेक्स ३८ वटा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले जानकारी दिए ।

भारतबाट प्रतिबन्धित लागुऔषध लिएर आउँदै गरेका ब्यक्तिले सशस्त्र प्रहरीलाई देखेपछि लागुऔषध छाडेर भागेको उनले बताए । उनका अनुसार सीमानाकामा सामान्य आवातजावत खुला भएसँगै लागुऔषध तस्कर सक्रिय भएपछि नाकामा कडाइ गरिएको छ ।

प्रतिक्रिया