दुईजना बालक हराईएको प्रहरीले फेला पारी अभिभावकलाई जिम्मा लगाएको ।
पृतांक राष्ट्रिय दैनिक लाहान
काठमाडौं थानकोट कार्तिक ,२५ गते
चन्द्रागिरि नगरपालिका वडा नं. ७ चेकपोष्ट स्थित जिल्ला हुम्ला आदानचुली गाउपालिका ५ घर भई चन्द्रगिरी नगरपालिका नयाँबस्ति बस्ने वर्ष ५ सक्क्षम सिंहलाई वेवारीसे अवस्थामा फेला परी यस कार्यालयमा ल्याईएकोमा निजको अभिभावकको खोजतलास गरी निजको आमा निर्मला सिंहको जिम्मा लगाईएको ।
मयमा चन्द्रागिरि नगरपालिका ७ चेकपोष्ट स्थित जिल्ला रौतहट घर बताउने बर्ष ३ को सुशान्त ठाकुरलाई वेवारीसे अबस्थामा फेला परी यस कार्यालयमा ल्याईएकोमा निजको अभिभावकलाई सम्पर्कमा ल्याई सोही दिन निजको बुवा प्रविन कुमार ठाकुरको जिम्मा लगाईएको ।
बालबालिकाहरूलाई एक्लै छाड्दा हराउने तथा अकल्पनीय दुर्घटनामा समेत पर्न सक्ने भएकोले आ-आफ्ना बालबालिकाको उचित हेरचाह गर्नुहुन अभिभावकहरूमा अनुरोध छ ।


प्रतिक्रिया