सिरहाको सखुवानन्कारकट्टीमा खेलकुद प्रतियोगिता सुरु
पृतांक राष्ट्रिय दैनिक – संवाददाता
सुभेन्द्र दास, लहान
लहान २६, कार्तिक । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर – ३ मा मंगलवार देखि खेलकुद प्रतियोगिता सुरु भएको छ । हिजो भएको खेलमा भवनी युथ कल्व भवानिपुर सिरहा टिम विजय भएको छ ।
खेलको निर्धारित समयमा प्रतिस्प्रधी सहभागी कुनै टिमले गोल गर्न नसकेपछी प्लान्टिमा भवानिपुर टीमलेले विजय हासिल गरेको नेपाल बिधार्थी संघका केन्द्रिय सदस्य एवम समाजसेवी गोपालकृष्ण यादवले जनकारी दिनुभयो । प्लान्टिमा भवानिपुर – ५ र हर्दिया – ४ गोलको अन्तरले भवानिपुर टिम विजय भएको थियो । हिजोको सुरु दिनको खेलमा भवानिपुरका सुमन मगरले म्यान अफ द म्याच घोषित भएका थिए ।
नेपाली काङ्गेसका जिल्ला सभापती एवम पुर्व सभासद रामचन्द्र यादवले खेलको उदघाटन गरेको थियो । कार्यक्रममा बोल्दै सभापती यादवले खेलकुदलाई सरकारले प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएको थियो ।
प्रतिभा भएको खेलाडीहरुलाई सरकारले संरक्षण नदिएकोले उनिहरु विदेशमा काम गर्न बाध्य रहेको सभापती यादवले बताउनुभएको छ । म पनि कुनै समयमा खेलाडी थिए भन्दै सभापती यादवले भने खेलकुद स्वास्थ्यको लागि धेरै फाईदा कारक हो बताए ।
खेल खेलेरै म राजनीतिकमा आएको छु त्यसैले खेलाडीहरु ले पनि निरन्तर संघर्ष गरेमा सोच अनुसार कुनै न कुनै क्षेत्रमा सफलता हासिल गर्न सक्ने बताउनु भयो ।
बलान युवा फुटवल क्लव सखुवानन्कारकट्टी- ४ सिमराहा र श्री राजदेवी युवा क्लव सखुवानन्कारकट्टी गापा– ३ पोर्ताहाले आयोजना गरेको खेलमा नेपाली काङ्गेस सखुवानन्कारकट्टी सिरहाले प्रायोजक गरेको छ ।
८ वटा टिमको सहभागिता रहेको खेलको फाईनल मंसिर २ गते हुनेछ । प्रथम पुरस्कारमा नगद रु २१ हजार र द्धितिय पुरस्कार १२ हजार सिल्ड प्रमाणपत्र मेडल लगायतको सुविधा टिमका खेलाडीलाई प्रदान गरिने छ
। सहभागि टिमहरुले आयोजकले बनाएको निति नियममा खेल खेल्नुपर्ने खेलको प्रतियोगिताका लागि विशेष सहयोग गरेका नेपाल बिधार्थी संघका केन्द्रिय सदस्य एवम स्थानीय समेत रहनुभएका गोपालकृष्ण यादवले जनकारी दिनुभयो ।
तिहार र छठ पर्वको अवसरमा आयोजित खेलमा शुभकामना आदान प्रदान समेत भएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय नेता प्रमेश्वर साह , जिल्ला लगायत स्थानीय नेता कार्यकर्ता को उपस्थिति रहेको थियो ।



प्रतिक्रिया