एसपी केसिको सक्रियतामा पुजारीको हत्याको अभियोगमा भारतिय नागरिक पक्राउ।।

पृतांक राष्ट्रिय दैनिक लहान 

नवलपरासी,२९ कार्तिक

पश्चिम् नवलपरासी प्रहरी प्रमुख एसपी अजय केसिको बिशेष सक्रियतामा नवलपरासीमा पुजारीको हत्याको अभियोगमा एक जना भारतिय नागरिक पक्राउ परेका छन ।
शुक्रवार उक्त घटना अनुसंधानको क्रममा प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवा स्थित देश भारत जिल्ला महराजगंज थाना निचलौल पोष्ट औराटार ग्राम कबेलवा महेशपुर बस्ने २१ बर्षिय धनन्जय मौर्यलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न अभियुक्तको मृतकको छोरीबाट सनाखत भएको र मौर्यले निज पुजारीको हत्या आफु स्वयंले हत्या गरेको मौखीक बयान बाट खुल्न आएको हुदाँ धनन्जय मौर्यलाई सम्मानित अदालतबाट म्याद थप गरिने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
यहि कार्तिक ९ गते सुस्ता गाउँपालिका वडा नं. ४ नर्सही पश्चिम टाँडी स्थित बस्ने ७२ बर्षिय पुजारी मुहँगु केवट मृत अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया