सिरहामा एक जना कटुवा पेस्तोल सहित पक्राउ

पृतांक राष्ट्रिय दैनिक 

सिरहा : छठ घाटबाटै सिरहाको औरहि गाउँ पलिकावाट एक जना कटुवा पेस्तोल र गोलीसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा औरही गाउँपालिका ५ का रबिन दास रहेका छन् । उनको साथबाट एक थान सानो पेस्तोल र २ थान गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहाले  जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार स्थानीय विनोद यादवलाई गोली मार्ने योजना बनाएका थिए  दास । तर योजनाबारे प्रहरीले सूचना पाएपछि तत्कालै छठ घाट पुगेर उनलाई नियन्त्रण लिएको छ ।

औरही प्रहरीले दासलाई अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको छ ।

प्रतिक्रिया