एआईजीको दरबन्दी थपसंगै विश्वराज पोखरेलको आईजीपी बन्ने बाटो खुल्यो
पृतांक राष्ट्रिय दैनिक लहान
काठमाण्डु– सरकारले एक जना एआईजीको दरबन्दी सिर्जना गरेसंगै डीआईजी विश्वराज पोखरेलको भावी प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने बाटो खुला भएको छ । हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रहेका डिआईजी पोखरेल वरियताका आधारमा एआईजी बन्नेछन् । सरकारले महानगरीय प्रहरी कार्यालयको प्रमुख एआईजी रहने व्यवस्था समेत गरेको छ ।
उनि एआईजीमा बढुवा भएसंगै त्यसको नेतृत्वमा केही समय रहनेछन् । यसअघि नै प्रहरीमा दुई जना एआईजीको बढुवा हुंदा उनि बढुवाको दौडमा लागेका थिए । एआईजी बढुवाको लाईनमा रहेका प्रधुम्न कार्की र निरज शाहीको ठाउंमा पोखरेललाई एआईजी बनाउन चर्को दबाव भएपनि प्रहरी महानिरीक्षक शैलेश थापाले वरियता नमिच्ने अडान लिएपछि उनको बढुवा रोकिएको थियो ।
पोखरेललाई बढुवा गर्नको लागी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरादेखी तत्कालिन अख्तियार प्रमुख नविन घिमिरेसम्मको सरकारमाथी दबाव थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेलले समेत उनलाई एआईजी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाव दिएका थिए । तर, प्रधानमन्त्री ओलीले पछि दरबन्दी थप गरेर भएपनि एआईजी बनाउने बचन दिएपछि उनको प्रयास रोकिएको थियो ।
पोखरेल नेपाल प्रहरीमा व्यवसायीक प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । उनको प्रचारमुखी स्वभाव भएपनि हालसम्म कुनै विवादमा भने उनि आएका छैनन् । पोखरेल डीआईजीमा बढुवा हुंदा समेत एकल बढुवा भएका थिए । उनि ०७६ वैशाखमा डिआईजीमा बढुवा भएका थिए ।
उनका ब्याचीभन्दा एक वर्षअघि डिआईजी भएका पोखरेलको एआईजीको दरबन्दी थप भएसंगै भावी महानिरीक्षकको बाटो समेत खुलेको हो । उनलाई केही दिनभित्र नै एआईजी बनाउने सरकारको तयारी छ । पोखरेलको भावी नेतृत्वको लाईनलाई सुनिश्चित गर्नकै लागी सरकारले एआईजीको दरबन्दी थपेको धेरैको अनुमान छ ।
नेपाल प्रहरीमा महानिरीक्षक हुन अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ । पोखरेल एकल एआईजीमा बढुवा भए भने नेपाल प्रहरीमा भावी महानिरीक्षकको लागी हुने अस्वस्थ प्रतिस्पर्धाको समेत अन्त्य हुने धेरैको विश्वास छ ।
पोखरेलसंगै भावी महानिरीक्षकका लागी डिआईजी सहकुल थापाको समेत सम्भावना थियो । तर, पोखरेलको बढुवा हुने निश्चित भएसंगै अव भावी आईजीपीको खेल लगभग टुंगिएको छ । उनकै ब्याचका डिआईजीहरु उत्तम सुवेदी र धिरजप्रताप सिंहलाई पनि भावी महानिरीक्षकको प्रतिस्पर्धीका रुपमा लिइएको भएपनि अव यो व्याचबाट पोखरेल नै महानिरीक्षक बन्ने सम्भावना बलियो छ ।
वरियतामा पोखरेलपछि थापा भएपनि उनको छवी प्रहरीमा त्यति राम्रो नभएको बताइन्छ । उनी डिआईजी बढुवा हुंदा सिंह र सुवेदीलाई समेत पाखा लगाएर एक नम्बरमा आउन सफल भएका थिए । पोखरेलकै व्याचका सुवेदी र डिआईजी अरुण विसी समेत राम्रा प्रहरी अधिकृतका रुपमा चिनिएपनि उनिहरुलाई डिआईजी बढुवा हुंदा वरियतामा पछि पारिएको थियो ।
हालका आईजीपी शैलेश थापा र एआईजीहरु हरि पाल,प्रधुम्न कार्की र निरज शाहीले २०७९ वैशाख १९ गते अवकास पाउनेछन् । त्यसपछि पोखरेल नेपाल प्रहरीको एक बर्ष प्रहरी महानिरीक्षक बन्नेछन् भने एआईजीमा बढुवा भएपछि डेढ वर्ष एआईजीको जिम्मेवारी सम्हाल्नेछन् । प्रहरीमा ३० वर्ष सेवाअवधी हटे उनि त्योभन्दा बढी समय पदमा कायम रहनेछन् ।
२०४९ चैत २९ गते प्रहरी निरीक्षकका रुपमा पोख्रेलले सेवा प्रवेश गरेका हुन् । पोखरेलसंग नेपाल प्रहरीका महत्वपुर्ण विभागमा बसेर काम गरिसकेको अनुभव छ । उनि डीएसपी हुँदा बानेश्वर वृत्त प्रमुख भएका थिए । एसपी छँदा कर्मचारी प्रशासन शाखा र मोरङ प्रहरी प्रमुखको रुपमा उनले काम गरेका थिए । त्यसैगरी एसएसपी हुँदा पोखरेलले महानगरीय प्रहरी परिसर काठमाडौं र डीआईजीमा प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। सम्भार काठमाडौं पटि बाट


प्रतिक्रिया