उपत्यकाको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण काम गरेर प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकाल ट्राफिक महाशाखाबाट आज बिदा।

  • पृतांक राष्ट्रिय दैनिक 

काठमाडौ उपत्यका ट्राफिक बेवास्थापनमा सफल रहेका प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकाल  ।

काठमाडौ ट्राफिक प्रमुखको रूपमा लगभग १५ महीना रहेर वरिष्ठ उपरीक्षक भिम ढकालले आफ्नो कार्यकालमा उपत्यकाको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण काम गरेर ट्राफिक व्यवस्थापनका लागि उहाँको ठुलो योगदान पुराई आज ट्राफिक महाशाखा बाट बिदा हुनुभयो ।

ट्राफिक महाशाखा प्रमुख हुँदा प्रहरी वरिष्ठ उपरीक्षक ढकालले ४ लाख ४२ हजार सवारीसाधनलाई कारबाही गरी २८ करोड ७१ लाख राजस्व संकलन गरेका छन् ।

२०७६ भदौ १८ गतेदेखि हालसम्म महाशाखा प्रमुख रहेर आफ्नो कार्यावधिमा ढकालले ट्राफिक सचेतनास‌ँगै‌ नियम नमान्ने सवारीसाधनलाई कारबाही गर्न हिच्किचाएनन्।

ढकालले आफ्नो कार्यकालमा दीर्घकालीन प्रभाव पर्ने ट्राफिक सचेतनामा बढी ध्यान दिएको बताएका छन्। ट्राफिक नियम र सडक अनुशासनसम्बन्धी चेतना अभिवृद्धि गरी सुरक्षित यात्रा गराउनका लागि ३ महिने ट्राफिक उज्यालो अभियान कक्षा सञ्चालन गरी १ लाख ३४ हजार व्यक्तिलाई लाभान्वित भएको उहाँको भनाइ छ ।

उहाँको कार्यकालमा मादक पदार्थ सेवन गर्ने र लेन अनुशासन पालना नगर्ने ५३ हजार ८८ जना सवारी चालकहरुलाई १ घण्टे ट्राफिक सचेतना कक्षा, उपत्यकाको विभिन्न स्थानका काल्पनिक ट्राफिक प्रहरी, स्थानीय समुदायलाई ट्राफिक व्यवस्थापनमा अपनत्व ग्रहण गराउन काठमाण्डौं सुविधानगर क्षेत्रलाई ‘नमूना ट्राफिक ग्राम’ निर्माण गरिएको छ।

उहाले महाशाखा प्रमुख रहँदा काठमाडौं उपत्यकामा करिब १२ हजार सवारी दुर्घटना भएका छन्। जसबाट २ सय बढीले ज्यान गुमाएका छन् भने ३ सय बढी गम्भीर घाइते भएका छन्।

त्यस्तै ढकालले सवारीसाधन तथा कागजपत्र हराइ अनलाइनबाटै उजुरी वा निवेदन दिने व्यवस्था गरेका छन्।

प्रतिक्रिया