जीवनकालको ३७औं वसन्तसम्म विश्व फुटबलमा आकर्षणको केन्द्र बनेर छाएका अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाले आज हृदयघातका कारण निधन ।
पृतांक राष्ट्रिय दैनिक
मंसिर १० गते
जीवनकालको ३७औं वसन्तसम्म विश्व फुटबलमा आकर्षणको केन्द्र बनेर छाएका अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाले आज ६० वर्षको उमेरमा आफ्नै निवासमा हृदयघातका कारण संसार छोड्दा राष्ट्रपति अर्बेर्टो फर्नान्डेजले ३ दिनसम्म राष्ट्रीय शोकको घोषणा गरेका छन् ।
फुटबलकै माध्यमबाट विश्वमा चिर-परिचित देशले एउटा खेलाडीको निधनमा यस प्रकारको राष्ट्रीय सम्मान प्रकट गर्नुलाई ऐतिहासिक निर्णय भन्दै विश्वका चर्चित समाचार संस्थाहरूले रिपोर्टिंग गरिरहेका छन् ।
अर्जेन्टिनाको जर्सीमा ४ पटक विश्वकप खेलेका मिडफिल्डर म्याराडोनाकै कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको थियो ।
त्यसवेला क्वार्टरफाइनलमा इंग्ल्यान्डविरूद्धको खेलमा हेडमार्फत गोल गर्ने क्रममा उने हातैले गरेको गोललाई फुटबलको इतिहासमा ‘ह्याण्ड अफ गड’ भनेर चिनिनुकासाथै म्याराडोनाले गरेको उक्त गोल अहिलेसम्म विश्व चर्चित छ ।



प्रतिक्रिया