सरुवा भएका एसएसपी घुमुवा घुमाउनमै व्यस्त
पृतांक राष्ट्रिय दैनिक
धनुषा, मंसिर १४: दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख नायव महानिरीक्षक धिरजप्रताप सिंह विरामी भएर उपचारका लागि काठमाडौं आएको अवसरलाई प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोख्रेलले राम्राेसँग उपयोग गरेका छन । कार्यालय प्रमुख सिंह विरामी हुनु पोख्रेलका लागि चाँदी कटाई भएको छ ।
निमित्त कार्यालय प्रमुख रहेका पोख्रेलले यो विचमा अपराध नियन्त्रणका लागि सूचना संकलनका लागि खटाइने सादा पोशाकका प्रहरीलाई रकम उठाउने कार्यमा सकृय बनाएको समाचार प्राप्त भएको छ । प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोको कमाण्डमा रहेको दश जनाको टोलीले डिआइजी विरामी भएको समयमा राम्रै मालपानी उठाएको चर्चा दुई नम्बर प्रदेश मातहत रहेका यूनिटमा चल्ने गरेको छ । प्रहरी नायव उपरीक्षक महतो कार्यालय बाहिर नगए पनि प्रहरी निरीक्षक उमाशंकर साहको टोली भने भन्सार र सिमा घुम्ने गरेका छन । ठाँउ तोकेर खटाइने घुमुवाहरुले मातहतका इन्चार्जलाई लाईन मिलाइदिने गरेको समाचार प्राप्त भएको छ ।
यसका लागि प्रहरी निरीक्षक उमाशंकर साहले रौतहट र सर्लाहीका सिमा सिमामा पुग्ने गरेका छन् । त्यस्तै प्रनानी सन्तोष झालाई जनकपुरमा उठाउनको लागि खटाइएको छ । प्रसनी मोतिराम महतोलाई सप्तरी, सिराहा खटाइएको छ भने हवल्दार श्यामसुन्दर साह वारा र पर्सामा मालपानी उठाउनमा व्यस्त छन् । बैजु यादव पर्सामा व्यस्त छन भने प्रहरी महानिरीक्षक शैलेस थापाको निर्देशनमा काज आदेश भएका प्रनानी त्रिभुवन साह र जयलाल यादवले रौतहटमा पैसा उठाउने गरेका छन् । त्रिभुवन साह र जयलाल यादवका विषयमा रिपोर्ट नेपालले समाचार फलोअप गरेपछि प्रहरी वरिष्ठ उपरीक्षक पोख्रेलले दुई दिन देखि कार्यालयमै राखेका छन् ।
- प्रहरी प्रधान कार्यालयको मानव श्रोत विभाग अन्तरगत तालिम शाखामा सरुवा भएका पोख्रेलले सरुवा भएको अवसरलाई राम्रो सँग प्रयोग गरेर राम्रो धनराशी बटुलेको चर्चा प्रदेश कार्यालयमा चल्ने गरेको छ ।source reportars nepal bat


प्रतिक्रिया