परराष्ट्रको प्रतिवदेन : नेपालको नयाँ नक्सा जारी गर्ने कार्य सबैभन्दा ठूलो उपलब्धि
पृतांक राष्ट्रिय दैनिक
काठमाडौं । परराष्ट्र मन्त्रालयले हरेक वर्ष आफ्नो वर्षभरिको कुटनीतिक उपलब्धिलाई प्रतिवेदन बनाएर सार्वजनिक गर्ने गरेको छ ।
आइतबार सार्वजनिक गरिएको सोही प्रतिवेदनमा नेपालको नयाँ नक्सा जारी गर्ने कार्यलाई सबैभन्दा ठूलो उपलब्धिका रुपमा समावेश गरिएको छ ।
साथै, चिनियाँ राष्ट्रपतिको भ्रमणदेखि विभिन्न मुलुकसँग स्थापित सम्बन्धले नेपाललाई अन्तर्राष्ट्रिय परिवेशमा देखाउने र चिनिने बनाएको दावी गरिएको छ ।
आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा मन्त्री प्रदीप ज्ञवालीले कुटनीतिक उपलब्धि समेटिएको प्रतिवेदन २०१९÷२० सार्वजनिक गर्नुभएको छ ।
नेपालको परराष्ट्र नीतिको एकीकृत दस्तावेजको खाँचो लामो समयदेखि खट्किरहेको समयमा त्यसको अभाव पूर्ति गर्नका लागि नयाँ प्रतिवेदन तयार बनाइएको हो । नेपालले पहिलोपटक यस्तो दस्तावेज तयार पारेको मन्त्रालयले दावी गरिएको छ ।
२०१९ देखि २० सम्म कुटनीतिक क्षेत्रमा हासिल गरेको उपलब्धिहरू :
–नयाँ राजनीतिक नक्सा जारी ।
– नेपालको परराष्ट्र्र नीतिको एकीकृत दस्तावेज तयार ।
– नेपाल–भारत सीमाको डिमार्केसन सम्बन्धी कार्य अगाडी बढाउने पहल ।
–सिमापार पेट्रोलियम पाइप लाइनको निर्माण र एकीकृत भन्सार जाँच चौकीको निर्माण ।
– चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र त्यस क्रममा भएका महत्वपूर्ण सम्झौता र समझदारीपत्र ।
– विकास साझेदार मुलुक र अन्य संस्थासँग अझ गहकिलो इनगेजमेन्ट ।
– फ्रान्स, नर्वे र फिलिपिन्सँग दुईपक्षीय परामर्श संयन्त्रको निर्माण र अन्य आठ मुलुकसँग परामर्श संयन्त्रको बैठक ।
– सेन्ट लुसिया र घानासँग कूटनीतिक सम्बन्ध स्थापना, कूटनीतिक सम्बन्ध भएका मुलुकको जम्मा संख्या १६८ ।
–अष्ट्रेलिया, इन्डोनेसिया, लाओस, म्यान्मार, पाकिस्तान, फिलिपिन्स र साइबेरियासँग कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वषा गाँठमा विभिन्न कार्यक्रम ।
–राष्ट्रसंघ, असंलग्न आन्दोलन, जी ७७ र विश्व व्यापार संगठनमा सक्रिय सहभागिता ।
–सार्क, बिमस्टेक, एससिएओ र एसिडीमा सक्रिय सहभागिता ।
–राष्ट्रसंघको शान्ति स्थापना कार्यमा निरन्तर सहभागिता ।
–राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यको रुपमा विश्वव्यापी मानव अधिकारको प्रवर्द्धनमा भूमिका ।
–कोभिड–१९ पछि विभिन्न देशमा रहेका अप्रवासी कामदारहरुलाई प्रभावकारी कन्सुलर सेवा ।
– नेपाली कामदारको घर फिर्तीको कार्यमा सहजीकरण ।
– एसियामा आप्रवासी कामदार पठाउने मुलुकहरुको चासो रक्षाका लागि कोलम्बो प्रोसेसको नेतृत्व र सक्रियता ।
– आइएलओको गर्भनिङ वडीको डेपुटी सदस्यको रुपमा आप्रवासी कामदारको रक्षाको लागि महत्वपूर्ण भूमिका ।
– विश्व व्यापार संगठनको एकीकृत फ्रेमर्वको वोर्ड सदस्यमा नियुक्त ।
– नेपालको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ युएनजिएको सेकेन्ड कमिटीको अध्यक्षको रुपमा नियुक्त ।
– नार्काेटिक ड्रग्स आयोगको सदस्यको रुपमा सन् २०२०(२३ को कार्यकालका लागि नियुक्त ।
– सगरमाथा संवाद आयोजना गर्न आधारभूमि तयार गर्ने काम सम्पन्न ।
– ब्रेन ग्रेन सेन्टरलाई सवलीकरण गर्ने गर्ने ।
– सुविधासम्पन्न पासपोर्ट वितरणको कार्य सम्पन्न ।
सार्वजनिक प्रतिवेदनमा मन्त्रालयले बहुपक्षीय कूटनीतिमा संयुक्त राष्ट्रसंघको केन्द्रीय भूमिकामा जोड दिँदै विश्वशान्ति, मानव अधिकार र दिगो विकासको प्रवर्द्धनमा योगदान पु¥याउने नीति अंगिकार गर्ने भएको छ ।
त्यस्तै नेपालले सफ्ट पावर कुटनीतिलाई अंगिकार गर्दै सार्वजनिक कूटनीतिको माध्यमबाट मुलुकको छवि र विशिष्ट पहिचानलाई सफ्ट पावरको रूपमा प्रवर्द्धन गरी अन्तर्राष्ट्रिय जगतको समर्थन, सहयोग र सद्भाव आर्जन गर्ने मन्त्रालयले जनाएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै सरकारले कोरोना महामारीका बीचमा देशलाई आर्थिक सहयोग जुट्नेमा भने चुनौती रहेको जनाएको छ । त्यतिमात्र नभई अन्तर्राष्ट्रिय सीमा सुरक्षा, अन्तर्राष्ट्रिय सहयोग राष्ट्रहितमा छ कि छैन भन्ने दृष्टिकोण र आर्थिक कूटनीतिलाई पनि प्रमुख चुनौती मानिएको छ ।


प्रतिक्रिया