सगरमाथा को उचाई ८८४८.८६ मिटर हुनेछ।
पृतांक राष्ट्रिय दैनिक ,लहान सिराहा
जी. थापा, क्यालिफोर्निया, अमेरिका ।
यतिवेला विश्वप्रसिद्ध समाचार संस्थाहरूको ध्यान हिमालय क्षेत्रतर्फ केन्द्रित छ । पृथ्वीको उचाई बढेको दिन आज नेपाल र नेपालीका लागि समेत गौरवपूर्ण एवम् ऐतिहासिक क्षण हो । संसारले अबफेरि एकचोटी हामीलाई ८८४८ होइन ८८४८.८६ मिटर उचाईसहितको विश्वकै सवैभन्दा अग्लो सगरमाथाको देश भनेर पढ्ने छ, बुझ्ने छ ।
मित्रराष्ट्र चीनको सहयोगमा नेपालले आफ्नै जनशक्ति र साधनस्रोतको उपयोग गरी सगरमाथाको यो नयॉ उचाई कायम मात्र गरेको छैन, यसअघि सर्वे अफ इन्डियाले मापन गरेको ८८४८ मिटर अग्लो सगरमाथाको पुरानो उचाईलाई समेत विस्थापन गरेको छ । नेपाल र चीनका विदेशमन्त्रीहरूले आज संयुक्त रूपमा सो कुराको घोषणा गरेका छन् ।
सगरमाथाको देश नेपाल सधैं यी हिमाल झैं सफा, सुन्दर र अटल मात्रै होइन विकास र प्रगतिको पथमा समेत तीव्रगतिले फड्को मार्न सवल र सक्षम ठहरियोस्।
साथै विश्वका वैज्ञानिक, प्रोफेसर र वातावरणविद्हरूले भनेझैं ‘नेपाल संसारकै लागि आवश्यक देश हो’ भन्ने भावना र सन्देशलाई व्यवहारिक रूपमै कार्यक्षेत्रमा प्रदर्शित गर्दै मुलुकलाई सुशासनयुक्त विश्वकै नमुना र आकर्षित गन्तव्यको रूपमा बदल्न सक्ने सिंगापुरका लीक्वान जस्तै महानहस्ती नेपाल आमाले एकदिन पाउनेछिन भन्ने आशा जिवितै छ ।
जी. थापा, क्यालिफोर्निया, अमेरिका ।



प्रतिक्रिया