सशस्त्र प्रहरी बल गोलबजारले शालक सहित मोटरसाइकल नियन्त्रणमा तस्कर फरार ।

पृतांक राष्ट्रिय दैनिक

सशस्त्र  प्रहरी बल गोलबजारले शालक सहित एक मोटर साइकल नियन्त्रणमा लिएका छन्। गोलबजार नगरपालिका अन्तर्गत वडा नं २ फतिँगा डाँडामा पेरुङ्गोमा दुर्लभ वन्यजन्तु शालक मोटरसाइकलमा बाहिर लानको तयारी गरिएको अवस्थामा गोलबजार सशस्त्र बेस क्याम्पबाट खटिएको गस्ती टोलीले तस्करलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएका छन् ।नियन्त्रणमा लिएका शालक जिल्ला वन कार्यालय लहान सिरहालाई जिम्मा लगाइएको छ ।सिराहा जिल्लाको उत्तरी भेगमा पर्ने प्राकृतिक वन जंगलहरुमा तरेगना वन क्षेत्रमा हरिन, मृग, बानो वन क्षेत्रमा बँदेल , गौरी गाई ,खुट्टी वन क्षेत्रमा लुइँचे बँदेल, विश्नुपुरकट्टी वन क्षेत्रमा बँदेल, मयूर, लुइचे, गौरी गाई, शालक,दुम्सी,मृग,हरिण, लगायत सिरहाको बन्दीपुर वन क्षेत्रमा प्रशस्त मात्रामा वन्यजन्तु रहेको छ । दिनानुदिनको चोरी शिकारको कारणले वन्यजन्तु विनास भइरहँदा पनि जिल्ला वन कार्यालय सिराहा मुकदर्शक बनेको छ त्यसो त वनमा भएको अमूल्य काठहरु सखुवा, हल्लुरे, सतिसाज, काली काठ,दियालो आजभोली तिब्ररुपमा विनास भइरहँदा पनि जिल्ला वन कार्यालय सिराहा लाहानमा गफमा व्यस्त रहेको देखिन्छ । वन क्षेत्रमा गस्ती गरिरहनु पर्ने वन कर्मचारीहरुको लापरवाहीले सिरहामा वन र वन्यजन्तु तस्करीमा वृद्धि भएको देखिन्छ ।साघुरो विचार लिएका वन कार्यालय यसरीनै मौन बस्ने हो भने सिरहाको जंगल छिट्टै बगरमा परिणत हुने निश्चित छ । सरोकारवलाहरु तत्काल गम्भीर हुन् जरुरी छ ।

प्रतिक्रिया