प्रयोगको सिद्धान्त तथा हातहतियारको प्रयोग बिशेष अबलनुशिक्षण तालिम समापन
पृतांक राष्ट्रिय दैनिक
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखराको संयोजनमा देखी जिल्ला प्रहरी कार्यालय कास्कीमा संचालन भएको प्र.ह./ प्र.ज. लक्षित “बल प्रयोगको सिद्धान्त तथा हातहतियारको प्रयोग बिशेष अनुशिक्षण (घुम्ति प्रशिक्षण) तालिम” आज मिति २०७७।०९।१७ गते यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतमा कार्यरत प्रहरी हवल्दार ३ जना र प्रहरी जवान ३२ जना गरी जम्मा ३५ जना प्रशिक्षार्थीहरु सहभागी उक्त तालिममा ३५ जना प्रहरी कर्मचारीहरुले सफलता पुर्वक उत्तिर्ण हुनुभएको थियो । प्रमुख अतिथी प्र.उ. जीवन कुमार श्रेष्ठ ज्यूबाट उत्तिर्ण हुनुभएका प्रहरी कर्मचारीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभई तालिममा सिकेका कुराहरुलाई ग्रहण गरी व्यवहारमा उतार गर्नुभई प्रहरीको कार्य क्षमतामा अभिबृद्धी भई कार्य सम्पादनमा प्रभावकारीता आउने जसबाट समग्रमा प्रहरी संगठनको छविमा सकारात्मक प्रभाव पर्ने बिश्वास समेत व्यक्त गर्नुभई सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन तथा शुभकामना समेत दिनुभएको थियो भने तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत तथा कार्यक्रमको सहजिकरण प्रहरी निरीक्षक कृष्ण बस्यालले गर्नु भएको थियो ।



प्रतिक्रिया