लागुऔषध कारोबारीको संजाल तोड्दै एसपी दिपेन्द्र गिरी

एसपी दिपेन्द्र गिरीले विशेष अभियान चलाएका छन् । र यो अभियानमा एसपी गिरि सफल पनि हुँदै गइरहेको छ ।



  • सिरहा : माघ १२ गते सोमबार  ।।
  • पृतांक राष्ट्रिय दैनिक पत्रिका लाहान


लागुऔषध कारोबारको ट्रान्जिट प्वाईन्ट बन्दै आएको सिरहामा सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गण हेडक्वाटर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ( एसपी ) दिपेन्द्र गिरीले विशेष अभियान चलाएका छन् । र यो अभियानमा एसपी गिरि सफल पनि हुँदै गइरहेको छ ।

सशस्त्र प्रहरीले ५ महिनादेखि आक्रमणका रुपमा बिशेष अभियान चलाएपछि कारोबारीहरु धमाधम सशस्त्र प्रहरीको फन्दामा परेका हुन्।

लागुऔषध कारोबारीहरु अहिले सशस्त्र प्रहरीको निशानामा परेका छन्। प्रहरीले नेपालबाट गाँजा भारत पठाउने र भारतबाट प्रतिबन्धित औषधिहरु नेपाल ल्याउने कारोबारीहरुलाई पक्राउ अभियानले सफलता पाउदै गएको छ। खुला सिमानाको फाइदा उठाउदै भइरहेको लागुऔषधको अवैध कारोबार रोक्न सशस्त्र प्रहरीले विगत ५   महिना भित्र ठूलो परिमाणमा लागुऔषध गजा पक्राउ गरेको हो ।

दक्षिणी सीमावर्ती मिर्चैयाबाट लागूऔषध सहित तिन जनालाई  सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वाटर सिरहाले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वाटर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र गिरीका अनुसार सिरहाको मिर्चैया नगरपालिका    –८   घर भएको  २०  वर्षीय  दिपेन्द्र राय     र धनुषा कमला नगरपालिका ८ बस्ने बर्ष३३ को संजिब मन्ड्ल  सोही नगरपालिका ८ बस्ने  बर्ष ३० को शम्भु यादव  रहेको छ सथै स ६ प न को मोटरसाइकल डिस्कोभर गाडी सहित अन्दाजी १५ किलो लागू औषध  गजा     सहित   नियन्त्रणमा लिइएको छ।

एसपी गिरीका अनुसार उनीहरु तिनै जनाको साथबाट गजा   १५ किलो   लागूऔषध बरामद गरिएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वाटर सिरहा बाट  खटिएका  गस्ती टोलीले राय ,मण्डल ,यादव  नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा परेका तिनै जनालाई थप अनुसन्धानका  लागि जिल्ला प्रहरी कार्यालय सिरहालाई बुझाइएको छ ।

प्रतिक्रिया