घुमुवा तानिए पनि तस्करी सुचारु
पृतांक राष्ट्रिय दैनिक
महोत्तरी।
सशस्त्र प्रहरी बलको दुई नम्बर प्रदेशका डिआइजी चन्द्र प्रकाश गौतमले मातहतका आठ जिल्लाका गणपति , बिओपी र वेश क्याम्पका प्रमुखहरूले राखेका घुमुवाहरू बाहिनीमा तानेर करेक्सन तालिम पनि गराए। उनको यो कदमलाई राम्रो भनेर स्यावासी पनि दिइयो । घुमुवाकै कारण दुई नम्बर प्रदेशमा तस्करी भएको भन्ने जून सोचाई डिआइजीको थियो त्यो पूर्ण रूपमा गलत रहेछ भन्ने पुष्टि भएको छ। विगतको भन्दा पनि बढी अहिले तस्करी चलिरहेको छ। सूचना ल्याउने , पाउने र छापा मार्ने घुमुवा बाहिनीमा छन् । कोही ३९ नम्बर गणमा छन् । आफ्ना घुमुवा तानिए पछि गणपति देखि बिओपी र बेश क्यापका प्रमुखहरूले नयाँ घुमुवा पनि राखेका छैनन् र राखे पनि नयाँले सुराकी र सूचना नै प्राप्त गर्न सक्दैनन् । एसपी आफै राति राति सीमावर्ती क्षेत्रमा गएर छापा पनि हान्ने कुरा भएन। त्यसैले पनि अहिले बिओपीका निरीक्षकहरू तस्करीको लाइन दिन सफल भईरहेका छन् । सीमामा राति एक घण्टा लाइन चलाई दिए पुगिहाल्यो। अहिले यही अवस्था छ। गण गणमा राखिएका डिआइजीका टोली तिनै बिओपीका निरीक्षकहरूसंग मिलेर लाइन चलाई रहेका छन् । बारा र पर्साको तस्करीको लाइन चलेबाट प्रष्ट हुन्छ । जागिरको दौडान लामो समय सधै बारा , पर्सा र दुई नम्बर प्रदेश बिताएका पर्सा गणका निरीक्षकले तस्करीको एक प्रतिशत सामान पनि पक्राउ गरेका छैनन् । कारण उनी आफैले पर्साका धेरै तस्करहरू चिन्दछन। हाल नेकपाको दाहाल , नेपाल पक्षमा लागेका पूर्व अर्थमन्त्री समेत रहेका सुरेन्द्र पाण्डेको कृपाले सधै बारा , पर्सा र दुई नम्बर प्रदेशमा बस्न सफल अधिकारीले मुख्यालयको बिश्वास प्राप्त भएको कारण पर्साका राम्रो बिओपी पाएका निरीक्षकको क्षेत्रमा गएर किन छापा हान्थे , त्यसमाथि उनी आफैले पर्साका अधिकांश तस्करहरू चिन्दछन। महोत्तरीको सम्सी बिओपीका निरीक्षक गणेश न्यौपानेलाई डिआइजी गौतमले नसियत त दिए। तर न्यौपानेलाई जोगाउन र पुनः सम्सी नै पठाउन एआइजी पुष्पराम केसी निकै लागेपनि उनको केही लागेन तर डिआइजीलाई थाहा हुनुपर्ने हो कि अहिले पनि महोत्तरीमा तस्करी व्यापक चलिरहेको छ। सिम्रौनगढमा रहेको बिओपीका एक असईलाई पाँच बर्ष बढुवा रोक्का हुने गरि डिआईजी गौतमले कारवाही गरे। तर,अहिले पनि सिम्रौनगढबाट ठूलो मात्रामा तस्करी चलिरहेको छ। आखिर डिआइजी गौतमले न त तस्करी नै रोक्न सकेका छन् नत उनिसंग मातहतका गणपति देखि बिओपी र वेशक्यापका निरीक्षक नै खुशी । कारण हो उनमा मातहतकालाई समन्वय गर्न नसक्ने नेतृत्व । यसमाथि उनले सरूवा हुने बित्तिकै बिश्वास गरि महोत्तरी गणबाट बाहिनीमा ल्याएका डिएसपी भीम बिष्ट । बिष्टलाई छांया डिआइजी भनेर दुई नम्बर प्रदेशमा चिन्न थालिएको छ। पहिलो कुरा फौजी संगठनमा दर्जाको ठूलो महत्त्व हुन्छ । बिष्ट डिएसपी हुन न कि डिआइजी । डिएसपीले गरेर हुने भए किन डिआइजी खटाउने ? त्यसमाथि बिष्टको छवि र आचरण के छ भन्ने कुरा महोत्तरी गण र काठमाडौको बाघभैरव गुल्ममा हुदाको इतिहास हेरे हुन्छ । राजु अर्याल बन्छु भनेर हुदैन उनको जस्तो काम गर्ने क्षमता , दक्षता र तरिका पनि चाहिन्छ । अहिले बाहिनीमा थुपारिएका घुमुवा राजु अर्यालको पालामा पनि थिए। तर उनले उजुरी आउने घुमुवाको छानबिन गरेर दोषी देखिएपछि कारवाही , निलम्बन र बर्खास्त गरे। गणपतिहरूलाई तस्करी रोक्न के के गरेनन् । उनकै पालामा सबैभन्दा धेरै राजश्व उठ्यो , तस्करी नियन्त्रण भयो भने बाहिनीले मातहतमा अनावश्यक हस्तक्षेप पनि गरेनन् । हुदाहुदै बाहिनी र ३९ नम्बर गणमा राखिएका घुमुवा प्रहरीहरूलाई अपराधीको व्यवहार गर्ने , आउट त परैजावोस बिदा पनि नछाड्ने गरिएको समाचार बाहिर आएको छ । घरमा परिवार , नातागोता , छरछिमेक बिरामी हुदा होस या मृत्यु हुदा पनि घर जान नपाउने गरि ती घुमुवाहरूले के अपराध गरेछन् ? डिएसपी बिष्ट संगठन प्रमुख हुन ? बाहिनीमा हरेक सिपाही यो प्रश्न गरिरहेका छन् । सिपाही , हवल्दारले तस्करी चलाएर तस्करी चल्छ यदि डिआइजी र गणपतिले लाइन नदिने हो भने ? पहिले आंट र क्षमता छ भने डिआइजीले गणपति र बिओपी एवं वेशक्याम्पका निरीक्षकहरूलाई कारवाही गर्नुपर्ने होइन र ?
स्रोत नव जनप्रहार


प्रतिक्रिया