प्रवन्धमा कार्की ल्याउने तयारी

पृतांक राष्ट्रिय दैनिक 
काठमाडौ । नेपाल प्रहरीका डिआइजीहरूको सरूवा हुने हल्ला व्यापक रूपमा चलिरहंदा प्रहरी भित्र को भन्सार भनेर चिनिने प्रवन्ध निर्देशनालयमा पनि परिवर्तनको हुने देखिएको छ। नेपाल प्रहरी भित्र डिआइजी र एसपी दर्जाको लागि प्रवन्ध सबैभन्दा आक्रषक पोष्टिङ मानिन्छ । अरवौको खरिद प्रक्रियाबाट आउने ठूलो कमिशनको कारण नै डिआइजी, एसपी र निरीक्षक तहको अधिकृतलाई प्रवन्ध भन्सार मानिन्छ । हालका आइजिपी शैलेश थापा क्षेत्रीले पनि आफुले संगठनको नेतृत्व लिए लगत्तै एसएसपी भए पनि आफु नजिकको र विश्वासप्राप्त रहेका पुर्षाेत्तम कंडेल लाई पहिले आर्थिक प्रशासन समेत हेर्नेगरि प्रवन्धमा ल्याए। डिआइजी भएपछि उनको दरवन्दी नै प्रवन्ध भयो । पहिले बजेट शाखा बसेका र आइजिपीसंग नजिकैको सम्बन्ध भएको कारण कंडेलले प्रवन्ध पाएका हुन । उनी बजेटमा रहंदा के गरे भन्ने कुरा त्यतिबेलाका लेखापालहरूसंग बुझेपनि थाहा हुनेछ । अहिले पनि उनको नाममा लेखापालहरूबाट रकम उठाउने काम भैरहेको बजारमा आईसकेको छ । त्यसो त जो आइजिपी भए पनि आफ्नो बिश्वासिलो व्यक्ति प्रवन्ध र कप्रमा राख्ने गर्छन् त्यो परम्परा हालका आइजिपीले गरेका हुन नै । तर प्रवन्धको जिम्मेवारी पाएका कंडेलले काम सकेको भने देखिएन। यहीँ अवस्था रहे प्रहरीको लत्ताकपडाका लागि आएको बजेट आधा पनि खर्च हुने अवस्था देखिदैन । एकतिर बजेट खर्च नभएर फ्रिज हुने अर्कोतिर प्रहरीले लत्ताकपडा नपाउने अवस्था देखिएको छ। यस्तो हुनुको पछाडि खरिदको जिम्मेवारी लिएर बसेका कंडेल प्रति औला उठ्नु स्वाभाविकै हो । त्यसैले अहिले कंडेललाई प्रवन्धबाट हटाएर उनको स्थानमा हाल एक नम्बर प्रदेशको कमान्ड सम्हालेका डिआइजी इश्वर बाबु कार्कीलाई ल्याउने तयारी भैरहेको समाचार स्रोत बताउँछ । कार्की श्यामभक्त थापा आइजिपी हुदा प्रवन्धमा बसेका थिए। डिएसपी हुदा बसेका कार्कीको ठेकेदारहरूस्ग पनि नजिकको सम्बन्ध रहेको छ। उनकै पालामा हाइटीमा मिशन पठाउंदा करोडौं करोडको खरिद भएको थियो ।

प्रतिक्रिया