प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहद्ररा जिल्ला प्रहरी कार्यलय बारामा निरीक्षण कार्यक्रम सम्पन्न ।
पृतांक राष्ट्रिय दैनिक – जनकपुरधाम
२ नं.प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालयमा बारा पाल्नु भई कार्यालयमा रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, प्रशासन, प्रबन्ध, अपराध अनुसान्धान, कार्य/विशेष, संचार शाखाहरु, लाईन व्यारेकको निरीक्षण, हिरासत तथा हिरासत कक्षमा रहेका थुनुवाहरूको सम्बन्धमा जानकारी समेत लिनु भई बारा प्रहरी कार्यालयको सभाहलमा उपस्थित सिनियर प्रहरी अधिकृत तथा मातहत प्रहरी ईकाईहरूका ईकाई प्रमुखहरूलाई जिल्लामा हुने अपराधिक गतिबिधि नियन्त्रण गर्ने, सिमा नाकाहरुबाट हुने अवैध भन्सार छलि चोरी निकारी पैठारी नियन्त्रण, सेवाग्राहीहरूलाई प्रहरीले गर्ने व्यवहारमा सुधार, आन्तरिक शुद्धिकरण लगायत अन्य बिबिध बिषयहरुमा अमुल्य निर्देशन दिनु भएको छ



प्रतिक्रिया