टेलिकमले ल्यायो अनलिमिटेड युट्युब र फेसबुक प्याक

नेपाल टेलिकमले अनलिमिटेड युट्युब र फेसबुक प्याक ल्याएको छ । संविधान दिवस–२०७७ को अवसरमा उसले अनलिमिटेड यूट्यूब, अनलिमिटेड फेसबुक, र एड–अन प्याक ल्याउने भएको टेलिकमका प्रवक्ता राजेश जोशीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै रु. ५५ प्रति प्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा रु. १५ मा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुने जनाइएको छ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

टेलिकमले हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटा प्याक रु. ८५० मा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको छ ।  सो अनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा रु. ५५५ मा उपलब्ध जनाइएको छ ।

संविधान दिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिने साथै, ग्राहकवर्गको सहजताका लागि नेपाल टेलिकम एपबाट समेत यी प्याकहरु खरिद गर्न सकिने व्यवस्था गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया