न्यायाधीशकी श्रीमती तथा नेकपा ओली समुहकी जिल्ला सदस्य ब्राउन सुगर सहित पक्राउ

पृतांक राष्ट्रिय दैनिक 

 

 


, लुम्बिनी प्रदेश, दाङ्ग । नेकपा ओली समुहकी दाङ जिल्ला कमिटी सदस्य तथा उच्च अदालत सुर्खेतका न्यायाधीशकी श्रीमती लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेकी छिन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की ४२ वर्षीया तुलसा पोखरेल आइतबार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको उनको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र राखिएको अवस्थामा प्लाष्टिकसहित २.२२ ग्राम ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबहादुर सिंहले जानकारी दिए ।

सिंहका अनुसार गोप्य सूचनाका आधारमा इप्रका तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका सादा पोशाकका प्रहरीले पोखरेलको स्कूटरमा प्रतिबन्धित लागूऔषध बरामद गरेका थिए । त्यसपछि प्रहरीले पोखरेललाई नियन्त्रणमा लिएको थियो ।

तर, पक्राउ परेकी पोखरेलले आफूलाई फसाइएको तथा आफ्नो स्कूटरमा फेला परे पनि त्यो ब्राउन सुगरबारे आफूलाई थाहा नभएको भन्ने दाबी गरेको डिएसपी सिंहले जानकारी दिए ।

पोखरेलका श्रीमान मदन पोखरेल उच्च अदालत सुर्खेतका न्यायाधीशका हुन् । पक्राउ परेकी पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला कमिटी सदस्य पनि हुन् ।

पोखरेललाई अनुसन्धानका लागि इप्रका तुलसीपुरको थुनुवा कक्षमा राखिएको छ ।

प्रतिक्रिया