सम्पादक पण्डितलाई प्रवल जनसेवा श्री पदक

काठमाडौं  असोज -३ सनिवार 

पृतांक राष्ट्रिय दैनिक पत्रिका लाहान 

राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई सरकारले संविधान दिवसको अवसरमा प्रवल जनसेवा श्री (चतुर्थ) प्रदान गर्ने भएको छ ।

सम्पादक पडित संगै यस वर्षको संविधान दिवसको अवसरमा सम्मानित हुनेहरुको सूचीमा १४ जना पत्रकार र दुई जना सन्चारकर्मीसमेत छन् ।

कीर्तिमय राष्ट्रद्वीप चतुर्थबाट ८ जना पत्रकारहरु सम्मानित हुने भएका छन् । सम्मानित हुनेहरुमा डा. राजेश झा ‘अहिराज’, सागर पण्डित, राजेश कुमार अर्याल, गोविन्द प्रसाद भण्डारी, शुभशंकर कँडेल, धर्मेन्द्र कर्ण, शुभेच्छाविन्दु तुलाधर र चिरञ्जीवी मास्के छन् ।

यसैगरी सुर्खेतका सूर्यमणी गौतम, गुल्मीका मोहन बस्नेत, सुनसरीका लिलाराज भट्टराइ, दाङका सविन प्रियासन चौधरी, बागलुङका हरिनारायण गौतम र रुकुमकी टिका विष्टलाई जनसेवा श्री पञ्चम पाएका छन् । जनसेवा श्री पञ्चम पाउनेको सूचीमा सञ्चारकर्मीद्वय तेजदत्त खकुराल (धादिङ) र कृष्णचन्द्र लामिछाने (पर्सा)को नाम पनि छ ।

सरकारले सार्वजनिक गरेको सूची अनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ । विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण गरिने छ ।

प्रतिक्रिया