बल्खुका ट्राफिक प्रहरी नायब निरीक्षक मिलन सिंह सहित ३६ जना ट्राफिक प्रहरी पुरस्कृत।

पृतांक राष्ट्रिय दैनिक 

बल्खुका ट्राफिक प्रहरी नायब निरीक्षक मिलन सिंह सहित ३६ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् ।

आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने ३६ जना ट्राफिक प्रहरीलाई एसएसपी भट्टराईले पुरस्कृत र सम्मान गरेका छन् ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ट्राफिक प्रहरी कर्मचारीलाई सम्मान गरिएको ट्राफिक प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

पछिल्लो समय ट्राफिक कारबाहीको क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने सवारी चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरा ल्याउने प्रहरी नायब निरीक्षक सहित ३६ जना ट्राफिक प्रहरीलाई पुरस्कृत एव सम्मान गरेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया