भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ।

पृतांक राष्ट्रिय दैनिक

सिरहा,लहान २४ चैत्र चन्द्रु –
पूर्वी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार राति ९ बजेर ५ मिनेटमा नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो । भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो।

भूकम्पको धक्का तराइका सिरहा ,सप्तरी,सुनसरी, मोरङ सर्लाही, भोजपुर, खोटाङ संखुवासभासहितका जिल्लामा पनि महसुस भएको छ।

पुर्बी जिल्ला सिरहा देखि लिएर पुर्ब झापा सम्मका बासिन्दाले महशुस गरेको पाँच मिनेटको अन्तरमा भूकम्पको झट्का महसुस भएको सिरहाका स्थानीयबासीले बताएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्कीमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५.६ रेक्टर स्केल छ।

प्रतिक्रिया