रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले महानगरीय प्रहरी शिक्षालय महाराजगंजको निरिक्षण गर्नु भएको छ ।

 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले महानगरीय प्रहरी शिक्षालय महाराजगंजको निरिक्षण गर्नु भएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले महानगरीय प्रहरी शिक्षालय र महानगरीय सशस्त्र प्रहरी गण नं. २, महाराजगंज कार्यालय भवन, प्रशिक्षण/प्रशिक्षार्थी ब्यारेक, प्रशिक्षार्थी कक्षाकोठा, खेल मैदान, मेस, चमेना गृह लगायतको निरीक्षण तथा अवलोकन गरी सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरूलाई समसामयिक विषयमा महत्वपूर्ण निर्देशन सम्बोधन गर्नु भएको थियो ।

निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्वोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा रहेका प्रहरी कर्मचारीलाई नमुनाको रूपमा रहदै बोली व्यवहारमा नम्रता-शिष्टता एवं व्यवसायिक र कानूनको उल्लघंन नगरी कार्य गर्न निर्देशन दिनु भयो ।

प्रतिक्रिया