बस र टिपर ठोक्किँदा ५ जनाको मृत्यु, कम्तीमा ३४ घाइते
पृतांक राष्ट्रिय दैनिक
बाके
सुर्खेतबाट धरान जाँदै गरेको यात्रुबहाक बस बाँकेको कोहलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। अन्य ३४ जना घाइते भएका छन्।घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालका अनुसार सुर्खेतबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस बाँकेको कोहलपुर नगरपालिका–१३, रोहिणी खोला नजिकै विपरीत दिशाबाट आइरहेको टिपरसँग ठोक्किएर दुर्घटना भएको हो।दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याएलगत्तै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए।खत्रीका अनुसार मृतकको सनाखत हुन बाँकी छ। उद्धार गरिएका ४२ घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।




प्रतिक्रिया