चितवन प्रहरीले गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
चितवन असोज ४ आइतबार
पृतांक राष्ट्रिय दैनिक संवाददाता
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेहरुमा राप्ती नगरपालिका ११ आँपपानी बस्ने २५ वर्षीया दोर्जे तामाङ र राप्ती नगरपालिका ११ स्थायी घर भई हाल पदमपुर बस्दैआएका २४ वर्षीया पदमबहादुर मोक्तान रहेका छन् ।
चितवनका प्रहरी प्रमुख ९एसपी० नान्तीराज गुरुङका अनुसार गत, भदौ २१ गते राती साँढे एक बजे राप्ती नगरपालिकाको वर्डा नम्बर ८ स्थित दवाडी चोकमा रहेको पम्पा खोला किनारमा प्याक गरेर बेवारिसे अवस्थामा रहेको एक क्विन्टल गाँजा इलाका प्रहरी कार्यालय भण्डाराबाट गस्तीमा खटिएको प्रहरीको टोलीले बरामद गरेको थियो । सो, क्रम्मा गाँजा बरामद भएपनि अभियुक्तहरु भने कोही पक्राउ परेका थिएनन् ।
स्थानीयले दिएको जानकारी अनुसार खोजतलासमा जुटेको प्रहरीले दोर्जे र मोक्तानलाई भण्डाराबाट समात्न सफल भएको हो । घट्नास्थलमा ना।३९। प। २२५८ नम्बरको मोटरसाइल प्रयोग भएको सुुुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरुलाई बिहिबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरी प्रमुख गुरुङले बताए । प्रहरी स्रोतका अनुसार राप्ती नगरपालिका १२ बस्ने मुख्य अभियुक्त बर्ष ३० का बाबुराम तामाङ भने फरार रहेका छन् ।
पछिल्लो समय गाँजा खेतीविरुद्ध चितवन प्रहरी कठोर रुपमा लागे पनि यस्ले पुर्णता पाउन सकिरहेको छैनन् । हजारौंको बिघामा लगाइएको गाँजा खेती स्थानीय प्रशासनले तोड्दै आए पनि यस्ले अझै पनि निरन्तरता पाइरहेको छ । विशेष गरी राप्ती नगरपालिकाको वर्डा नम्बर ११, १२ र १३ को पहाडी क्षेत्रमा व्यपाकमात्रामा गाँजा खेती हुँदै आएको छ ।


प्रतिक्रिया