गोरखा जिल्ला भिमसेन थापा गा।पा वडा नं ३ मा रहेको लोकतान्त्रिक क्लव को १३औं अधिबेशन काठमाण्डौं स्थित कामना कलेजमा शनिबार सम्पन्न भएमो छ ।
पृतांक राष्ट्रिय दैनिक
मनोज डागी
गोरखा जिल्ला भिमसेन थापा गा।पा वडा नं ३ मा रहेको लोकतान्त्रिक क्लव को १३औं अधिबेशन काठमाण्डौं स्थित कामना कलेजमा शनिबार सम्पन्न भएमो छ ।
क्लव का संस्थापक सदस्य एवं सल्लाहाकार विश्व ढकाल को अध्यक्षतामा सम्पन्न साधारण सभाले पूर्व उपाध्यक्ष प्रदीप खनाल ( आइजी.) सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । त्यस्तै उपाध्यक्षमा ध्रुव ढकाल सचिवमा ऋषि खनाल कोषध्यक्षमा निशान खनाल र सह सचिवमा रामचन्द्र ढकाल नियुति गरिएको छ ।
कार्यसमिती सदस्यहरुमा अमृत ढकाल, उत्तम ढकाल, शिव पाण्डे, र पवन लामिछाने रहेका छन् । सल्लाहाकार हरुमा भिमसेन थापा गा।पा वडा नं ३ का अध्यक्ष लिलानाथ लामिछाने क्लव का संस्थापक सदस्य ब्रदी लामिछाने विश्व ढकाल रमेश खनाल भुवन ढकाल लाई चयन गरिएको छ ।
नव नियक्त अध्यक्ष खनालले कार्यक्रम लाई सम्बोधन गर्दै क्लब लाई छिटै नविकरण गर्ने, क्लवको सम्पुर्ण काम हरु लाई पारदर्शी बनाउन को लागि डिजिटलाईज प्रविधि को प्रयोग गर्ने र वडा नं ३ मा अबका दिनमा खेलकुद विकास सामाजिक कार्य शिक्षा स्वास्थ्य र संस्कृतिक क्षेत्रका क्लव ले काम गर्ने लक्ष्य रहेको खनालले बताए । छलफलमा क्लवको काम कार्वाइलाई स्थानिय संरचना अनुसार सशक्त ढंगले अघि बढाउने सामाजिक कार्य गर्ने उदेश्यले क्लबलाई पुन जागरुक बनाउनको लागि अब कुनै कसर बाँकी नराख्ने गरि पुर्व निर्धारित समय अनुसार कार्यत्रम आयोजना गरिएको उँहाको धारण रहेको थियो । गोरखामा लोकतन्त्र सङै हुर्किएको लोकतान्त्रिक क्लब आफ्नो स्थापना काल देखि नै सामाजिक छेत्रमा उल्लेखनीय अग्रसरता देखाउदै आएको छ । परिबर्तित स्थानीय संरचना अनुसार लोकतान्त्रिक क्लब लाई ढाल्नु पर्ने अग्रज हरुको सुझावलाई मध्यनजर गरि क्लब अघी बढ्ने खनाल को भनाई छ ।


प्रतिक्रिया