सिरहा लहानको एउटा यस्तो सरकारी कार्यालय छ । जहाँ मासिक करोडौ घुस लेनदेन हुन्छ।

पृतांक राष्ट्रिय दैनिक 

लहान ,

सिरहा लहानको एउटा यस्तो सरकारी कार्यालय छ । जहाँ मासिक करोडौ घुस लेनदेन हुन्छ, हुनपनि हो । जहाँ करोडौ घुस लेनदेन हुन्छ त्यहा मौन हुनु स्वभाविकनै हो । किन भन्दा त्यो कार्यालयमा शब्द बाटै सबै काम हुन्छ जस्तै भित्रैको कुनै कामले जानुस बिना लाइनमा बसेर अगारी कसैको काम हुदैन तर भित्र जस्ले सेटिङ्ग गरेको हुन्छ तेसको काम चाहिँ  आगाडी हुन्छ । तर लाइनमा बसेका जन्ता हरु चाहे जस्तो सुकै घाम किन न होस लाइनमा बसेको किन न होस जे गरे पनि हुदैन ।  बैशाख १० गते को चार चक्का गाडीको टराईलमा जम्मा सहभागी २८४ थियो तर पास त्यहाँ जम्मा पास १० जना पनि भएन तर पास लिस्ट औदा हेर्नु कति पास भएको छ जुन मान्चेले  ओपिस को रेट दिएको छ सबै पास हुन्छ ।ओपिस को रेट १५००० हजार तिर्नु पर्छ एउटा सरकारी ओपिस को रेट तिर्नु पर्छ यो कहाँ को नियम हो जनताले येस्को जबाफ चहिन्छ।   चैत्र १४ गतेको लाइटको ट्राइल् मा ११७८ परिक्षार्थी मध्ये एक सय पनि पास भएको छैन तर रिजल्ट हेर्नुस कति पास लिस्ट निकालेको छ          त्यसैगरी  ट्राइलको कुरा गरुम ट्राइमा पनि जस्ले  पहिलो पैसा  को सेटिङ्ग गरेको हुन्छ तेसको मान्छे डाइरेक्ट तेहि बाट पास हुन्छ र जस्ले सेटिङ्ग गरेको छैन तेसको एक दुई र तीन ट्राइलमा पनि हुदैन तेस्तै लाइसेन्सको काममा लिस्ट अनुसारले नै काम गरिन्छ जस्ले लिस्टमा थपेर दिदैन तेसको काम कुनै हालतमा पनि हुदैन आखिर किन ?   यो सबै लगायत भित्र अनलाइन नभए पनि अफलाइन  पनि हुन्छ अफलाईन गरेको एक ब्याक्ती बाट एक हजार लिन्छ मनौ एक दिन मा कम्तीमा २५ जना को अफलाई हुन्छ पचिस हजार भयो यो काम करार को कर्मचारी  मनोज कुमार साह ले गर्छ साह को तलब मात्र  आठ हजार छ दुई बर्षा मा एक करोड पचास लाख को  सम्पती बनाएको छ यो सम्पती कहाँबाट आयो? छान बिन हुनुपर्छ ।त्यस्तै सुब्बा पंकज झाह ले दुई बर्षा मा तीन करोड को सम्पत्ति बनाएको छ यो हालै लहान नगरपालिका वाड न १ मा ९ .१० धुर जग्गा लिएको छ कहाँ बाट यति धेरै सम्पती आउछ ? छानबिन हुनुर्ुपर्छ । भित्रै बाट हुन्छ किनभने अफिसकै कर्मचारी हरु सबै मिलो मातमा काम गरिन्छ। र कर्यालय प्रमुख मीन भट्टराई ले लेनदेन  काम  को जिम्मा बरिस्ठ सुब्बा  बिजय दाहाललाई दिएको छ दहालको सरुवाको एक बर्षा अगाडि नै भैइसकेको छ तर माथिको निकाईमा पैसा खुवाएर फेरि अबधि थपाउछ कार ,जिप, जेसिभी,,मोटरसाइकल ,स्कार्पियो,टराईटर ,सबै को रेट ओपिस्को रेट तिर्नु पर्छ चार च्काको रु,१५००० हजार छ,हेबिको २०००० हजार मोटरसाइकल  को रु ७००० हजार छ मनौ अब सबैको रेट यातायात कर्यालयलाई तिर्नु पर्छ  त्याहा हाम्रो जन्ता मरिन्छ ।जब सरकारी कर्म्चारी जन्ताकै पैसाले तलब खान्छ र जन्ता लाई नै दुख दिनु यो काहाको सरकारको नियम हो भने यति हुदा हुँदै हाम्रो प्रदेश २ सरकार ,प्रहरी कार्यालय ,प्रसाशण कार्यालय ,ट्राफिक कार्यालय र हाम्रो स्थानिय सरकार पनि आखाको अगारी हेरिरहदा तै पनि किन मौन छ।यो जन्ताको आबाज हो अब जन्ता चुप लागेर बस्दैन तेसैले अब नागरिक समाज जाग्नुपर्छ । यस्तो करोडौ घुसखोरी रोक्नुपर्छ र सेटिङ्ग,लिस्ट भनेको के हो ? यस्को जबाफ चाहिन्छ जन्ता लाइ

प्रतिक्रिया