पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन , , वित्तीय कारोबार गर्ने ४ जना सहित ८२ लाख ५० हजार रुपैया बरामद
पृतांक राष्ट्रिय दैनिक
वीरगंज २८ बैशाख
कृष्णा यादव
पर्सा प्रहरीले अवैधरुपले वित्तीय कारोबार ४ जना सहित ८२ लाख ५० हजार पक्राउ गरेको छ।
प्रहरी उपरीक्षक बेलबहादुर पाणडेको अनुसार
प्रहरीले विशेष सुचनाको अाधारमा यिनीहरुमाथि निगरानी गरि अार्दशनगर एक घरको फलायटमा छापा हानि घर भित्र रहेको कालो झोला जाँच गर्दा झोलाभित्र नेपाली रू.२५,००,०००।– ( पच्चीस लाख) र सो डेरामा रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइछिपाई राखिएको रू.५७,५०,०००।– ( सन्ताउन्न लाख पचास हजार) थप फेला परेको हुँदा उल्लेखित दुवै रकम गरी जम्मा नेपाली रू.८२,५०,०००।– (बयासी लाख पचास हजार) बरामद गरी निम्न ४ जना मानिसहरूलाई ना.८प.४८९७ नम्बरको डिस्कभर मोटरसाइकलसहित नियन्त्रणमा लिएको बताउनुभयो ।
पक्राउ पर्नेमा भारतको बिहार रकसौल वडा १८ स्थानिय वर्ष २७ को बिकाश कुमार ,र सो वडाको वर्ष २२ का गुड्डु कुमार , बारा जिल्ला निवासी महागढीमाई नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष १८ को कलामुधिन अंसारी, भारत बिहारका मोतहियारी जिल्ला रक्सौल वडा नम्बर ५ निवासी साहिल गुप्ता सहित ४ जनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो।


प्रतिक्रिया