NRNA मलेसियाका अध्यक्ष भट्टराईले नेपाललाइ सहयोग गर्ने घोषणा गर्नु भयो।
पृतांक राष्ट्रिय दैनिक
चन्द्रु चौधरी
३१ बैशाख-चन्द्रु मलेसिया-NRNA मलेसिया को अध्यक्ष हरि भट्टराई ले नेपाललाई कोरोनाको महामारीबाट जोगाउन मलेसियामा रहेका नेपालीमा हार्दिक आह्वान
मलेसियामा स्थापित संघ संस्था संगठन तथा प्रमुख ज्यूहरु, व्यवसायी समाजसेवी बुद्धजिवि, संचारकर्मी तथा यहाँ कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु
कोरोना भाइरसको दोश्रो भेरियन्टका कारण अहिले नेपालमा धान्नै नसक्ने विरामी बढिरहेका छन् । कोरोना बिरामीले अस्पतालमा बेड नपाउने मात्र हैन, धेरैले घरबाट समेत खाट लिएर अस्पतालको वरिपरी उपचार गराईरहेका, अस्पतालको प्यासेजमा उपचार गराइरहेका कारुणिक दृश्य हृदयबिदारक छन् । अति जटिल उपचारको त कुरै छोडौं, साधारण अक्सिजन मात्रै पनि नपाएर संयौं नेपालीहरुको मृत्यु भइरहेको अवस्था छ । अहिले अधिकांश अस्पतालले अक्सिजन अभाव भन्दै बिरामी लिन इन्कार गरिरहेका छन् ।
देशमा कुनैपनि किसिमको विपत परेको बेला हामि बिदेशमा बस्ने नेपालीहरुले तदारुकताका साथ आफ्नो गाँस कटाएर पनि सहयोग गर्ने गरेको हाम्रो संस्कार र परम्परा रहिआएको हुँदा यो घडिमा नेपालमा रहेका हाम्रा आदरणीय बुबा आमा, दाजु भाइ, दिदि बहिनि, छर छिमेकीको ज्यान बचाउनु पर्ने आबश्यकता फेरि आइपरेको छ । त्यसैले गैर आबासीय नेपाली संघले नेपालीहरुलाई पहिलो चरणमा अति आबश्यक परेको अक्सिजन र अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउने अभियान शुरु गरेको छ । यस अभियानमा मध्यपूर्वमा रहेका सबै राष्ट्रिय समन्वय परिषदहरु मिलेर ६०० अक्सिजन सिलिन्डर नेपाल पठाउने तैयारी भई रहेको छ । अन्य राष्ट्रिय समन्वय परिषदबाट उठाइएको पैसाले चिनबाट पहिलो चरणमा १०० (एकसय) अक्सिजन पठाउने तैयारी भइरहेको छ । यो समयमा हामीले केही सहयोग गर्न जरुरी देखिएको छ ।
नेपालमा आइपरेको यो बिषम परिस्थितिमा तपाईको सहयोगको आवश्यकता छ । यो अवस्थामा संसारभरि छरिएर रहेका हामी सबै नेपालीहरुको दायित्व सम्झेर यथासक्य सहयोगको अपिल गर्दछु ।
गैरआवासीय नेपाली संघ मलेसियाले पनि कोरोना महामारी सहयोग अभियान थाल्ने जानकारी गराउँदछु । एउटा अक्सिजन सिलिन्डरले मात्र १० जनाको ज्यान जोगाउन सकिन्छ । त्यसैले मलेसियास्थित कृयाशिल रहेका संघ–संस्था र संगठनहरु, समाजसेवीहरु, वुद्धिजिवी तथा मलेसियामा कार्यरत नेपालीहरुमा सहयोग उपलब्ध गराउनका लागि हार्दिक आह्वान गर्दछु ।
थप जानकारीको लागि एनआरएन मलेसिया तथा मलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क गर्दा . -अध्यक्ष – हरि भट्टराइ
गैर आवासीय नेपाली संघ
राष्ट्रय समन्वय परिषद, मलेसिया ।
केशब कान्त झा
केन्द्रिय सदस्य
गैर आवासीय नेपाली संघ
राष्ट्रय समन्वय परिषद, मलेसिया ।
+60143031692


प्रतिक्रिया