बादललाई एकै दिन दुई झड्का
पृतांक राष्ट्रिय दैनिक
काठमाडौं, ६ जेठ
। नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादललाई तीन घन्टाको अन्तरालमा दुई झड्का लागेको छ । यी दुई झड्काले उनको वर्तमान सरकारमा रहने ढोका पूर्ण रुपमा बन्द भएको छ ।पहिलो झड्का अपरान्हतिर लाग्यो । सर्वोच्च अदालतको अन्तरिम आदेशले उनलाई स्वतः गृहमन्त्रीबाट पदमुक्त गरिदियो । त्यतिबेला उनी राष्ट्रिय सभाको उपनिर्वाचनमा उम्मेदवारका रुपमा हेटौंडामा थिए । उनलाई जित निकाल्नैपर्ने वाध्यता थियो ।काठमाडौंबाट हेटौंडा पुग्दासम्म गृहमन्त्री रहेका बादल उतै रहँदा भूतपूर्व भइसकेका थिए । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गैरसांसदको दोस्रोपटक मन्त्रीमा नियुक्तिलाई असंवैधानिक ठहर गर्दै अन्तरिम आदेशमार्फत् बदर गरिदिएको थियो ।त्यसपछि बादलले पुनः मन्त्री बन्न राष्ट्रिय सभाको निर्वाचन जित्नुपर्ने वाध्यात्मक अवस्था थियो ।
बादललाई दोस्रो झड्का साँझतिर पर्यो । उनी राष्ट्रिय सभाको उपनिर्वाचनमा पराजित भए । चुनावमा हार व्यहोरेसँगै वर्तमान सरकारमा पुनः मन्त्री बन्ने सम्भावनाको ढोका बन्द भयो । बादललाई एमालेकै माधव नेपाल समूहका डा. खिमलाल देवकोटाले पराजित गरे ।


प्रतिक्रिया