इटहरीको सामुदायिक अस्पतालको सेवा सञ्चालनमा
इटहरी / असोज – ४ आइतबार
पृतांक राष्ट्रिय दैनिक संवाददाता
ईटहरि २ हलगडामा अस्पतालले नयाँ अस्पताल भवन निर्माण गरी सेवा आरम्भ गरेको हो । अस्पतालका सञ्चालक हेम गुरुङका अनुसार अस्पतालले नयाँ भवनबाट समेत स्वास्थ्य सेवा दिन सुरु गरेको छ । इटहरी प्रहरी चौकी अगाडीको पुरानो ठाउँमा भने क्लिनिकको रुपमा सेवा दिइने उनले बताए ।दैनिक एक सय बढी बिरामीहरुलाई सेवा दिइरहेको सामुदायिक अस्पताल इटहरीकै सर्वसुलभ र भरपर्दो सेवा दिने अस्पतालको रुपमा स्थापित भएको गुरुङको भनाई छ । सुनसरीका साथै विभिन्न जिल्लाहरुबाटसमेत आकस्मिक उपचारको साथै विशेषज्ञ सेवाको लागि बिरामीहरु अस्पतालमा आउने गरेका छन् । यहाँ २४ सै घण्टा मेडिकल अफिसरहरुबाट इमर्जेन्सी सेवा सञ्चालनमा रहेको उनले बताए ।नयाँ भवनबाट सेवा सुरु गरेपछि धेरै बिरामीहरुले अझ स्तरीय सेवा पाउनेछन् ।अस्पतालमा स्वास्थ्य जाँच, भिडियो र डिजिटल एक्सरे, दन्त सेवा, प्लाष्टर सेवा, निःशुल्क सुरक्षित मातृत्व सेवा, निःशुल्क क्षयरोग सेवा, विभिन्न डाक्टरहरुको विशेषज्ञ सेवासमेत दिइरहेको छ । उनका अनुसार डा. सुनिल शाहले दैनिक फिजिसियन सेवा सञ्चालन गरिरहेका छन् ।यस्तै स्त्री रोग विशेषज्ञ डा. सोमा गौतम, नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. राजेन्द्र राई, हाडजोर्नी तथा बाथ रोग विशेषज्ञ डा. कुमार गुरुङ र शम्भु शाहले स्वास्थ्य जाँच गर्ने गरेका छन् । आफ्नै भवनमा अझ थप सेवाहरु विस्तार गर्दै लगिने अस्पतालले जनाएको छ ।कोरोना महामारीका बिचमा पनि विशेष सावधानी अपनाएर स्वास्थ्य सेवा दिइरहेको जनाएको छ ।


प्रतिक्रिया