नेपाल प्रहरी एकैदिन ४८ जना फरार प्रतिवादीहरु पक्राउ

स्याङ्जा ।

पृतांक संवाददाता ,असोज – ५ सोमबार 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नेपाल प्रहरीको इतिहासमा नयाँ रेकर्ड राखेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आइतबार एकैदिन ४८ जना फरार प्रतिवादीहरु पक्राउ गरी नयाँ इतिहास रच्न सफल भएको हो ।

जनपद प्रहरी संगठनको इतिहासमा एकैदिन ठूलो संख्यामा प्रतिवादीहरु पक्राउ गरी इतिहास रच्न सफल भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी होबिन्द्र बोगटीले दावी गरेका छन् । यस्तै केही दिन पहिला जिल्ला प्रहरी कार्यालय तनहुँले एकैदिन ३५ जना प्रतिवादीहरु पक्राउ गर्न सफल भएका थिए ।

एसपी बोगटीले समाजमा अपराध गरे पनि कानुनी कठघरामा ल्याउन नसक्दा झनै अपराध बढेको बताए । उनले भने, ‘अपराध गरेका मान्छेहरु खुलेआम समाजमा हिँड्दा आम निर्दोष नागरिकमा प्रहरी प्रशासन र कानुनमाथि ठुलै प्रश्न चिन्ह खडा भएको छ ।’ अपराध प्रमाणित भएका प्रतिवादीलाई पक्राउ गरी कानुनी राज्यको अनुभूति दिलाउनु प्रहरी संगठनको मुख्य दायित्व र जिम्मेवारी रहेको एसपी बोगटीले बताए ।

जिल्ला प्रहरी कार्यालयले अदालतहरूको फैसलाले कर्तव्यज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट लुटपिट लगायतका बिभिन्न मुद्धका फरार रहेका ४८ जना प्रतिवादीहरूलाई पक्राउ गरी सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको छ ।

हाल सम्म विभिन्न घट्नाहरुमा संलग्न ८३ जना प्रतिवादीहरुलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा नयाँ एसपी बोगटी आएसँगै फरार प्रतिवादीहरुलाई पक्राउ गर्ने विशेष अभियान नै चलाएको छ । उनी आएको जम्मा २५ दिन भएको छ ।

प्रतिक्रिया