धनुषाको विदेह नगरपालिकाबाट पेस्तोलसहित दुई जना पक्राउ
धनुषा । विदेह नगरपालिका-६ तिनकोरिया चोक नजिक मैनाथपुर सडकबाट एक थान कटुवा पेस्तोलसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा शहिदनगर नगरपालिका-३ बस्ने २५ वर्षीय उतिमलाल पासवान र सोही नगरपालिका-२ बस्ने १९ वर्षीय निपुल यादव रहेका छन् ।
मैनाथपुरबाट यदुकुहातर्फ जाँदै गरेको ज.१० प ८६३५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी गिद्दा धनुषाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उतिमलालको साथबाट उक्त पेस्तोल फेला पारी मोटरसाइकल चालक निपुल समेतलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । सुराक्षा समाचार बाट


प्रतिक्रिया