सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले बाढीजन्य प्रकोपको उद्धार सम्बन्धी अभ्यास

पृतांक राष्ट्रिय दैनिक  लहान 

वीरगंज, ११ असार ।

गरेका छन् । गणकै छेउको पोखरीमा सशस्त्र प्रहरीका तालिमप्राप्त उद्धारकर्मीले आफ्नो कौशल प्रदर्शन गरी बाढीजन्य प्रकोपको उद्धार सम्बन्धी अभ्यास गरेका हुन् ।

यो वर्ष उच्च वर्षा हुने मौसमविद्हरूको अनुमान रहेकोले पर्सामा बाढी, पहिरो कटान र डुबानको प्रकोपको जोखिम उच्च रहेकोले बाढीजन्य प्रकोपको उद्धार सम्बन्धी अभ्यास गरिएको हो । गणभित्रै रहेको पोखरीमा सिमसिम पानी परिरहँदा दुई जना मानिस पानीमा डुब्दै जाँदा उनीहरूले ‘‘बचाऊ बचाऊ’’ भनेर हारगुहार लगाएपछि तालिम प्राप्त प्रहरी स्रोत साधनसहित पोखरीमा पुगी उद्धार गर्दै शुक्रबार बाढीजन्य उद्धार अभ्यास गरेका थिए । भारी मनसुन वर्षाको कारण तिलावे नदीमा आएको बाढीले अलौं डुबानमा परी धेरै जमिन कटान गरी सो ठाउँको बस्ती नै जोखिममा परेको बेला घर बगाउन लागेको, बच्चा हराएको भन्दै रुवाबासी र हारगुहार गर्दा उद्धारकर्मी टोलीले रबर बोट र डोरीको सहायताले विपद् आउँदा जस्तैगरी उनीहरूको उद्धार गरे र स्वास्थ्य सहायता टोलीले स्ट्रेचरमा राखेर प्राथमिक उपचारका लागि सुरक्षित स्थानमा लगेका थिए ।

 

 

प्रतिक्रिया