कमला नदीमा खतराको घण्टी, नदीमा फँसेका तीन जनालाई नेपाली सेना र सशस्त्र प्रहरी गरे उद्धार।
धनुषा र सिरहा जिल्ला जोडने कमला नदीमा अहिले पानीको बहाब निरन्तर बढदै गएपछि अलर्ट गरिएको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेलले कमला नदीको आसपास क्षेत्रमा टोली सहित अलर्ट जारी गरेका छन् । कडेल नेतृत्वको टोलीले कमला तटको गाउँवस्तीमा पुगेर नीरिक्षण गरेको छ
कडेलको अनुसार, सिन्धुलीतर्फको बहान ३ मिटर र सोभन्दा तल अर्थात सिरहा धनुषातर्फ डेढ मिटर बहाब बढेको हो । पानीको सहत डेढ मिटर बढनुको साथै निरन्तर बढोत्तरी हुन थालेपछि आसपाको ईलाकामा अलर्ट जारी गरिएको सिडिओ कणेलले जानकारी दिनु भयो ।
साथै सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ३ सुन्दरपुरबाट तीन सर्वसाधारणलाई उद्धार गरिएको छ । कमला नदीमा फँसेको बेला सूचना पाए लगत्तै जिल्ला विपद व्यवस्थापन समितिको , नेपाली सेना र सशस्त्र प्रहरी ,नेपाल प्रहरी टोलिले उद्धार गरेको छ।
बुधबार दिउँसो नदीमा फँसेकी दुई महिला र एक साधुबाबालाई नेपालि सेना र सशस्त्र ,नेपाल प्रहरीको टोलिले उद्धार गरेको छ । डुँगा (नाउ) को साहाराले बीच नदीमा फँसेका उनीहरुलाई बग्नबाट जोगाएको कडेलले बताउअनु भयो ।



प्रतिक्रिया