सिरहाको बरियारपट्टी बोडरबाट एक जना ब्राउन सुगर सहित पक्राउ ।
पृतांक राष्ट्रिय दैनिक 
सिरहाको बरियारपट्टी गाउँ पलिका -३ स्थित हाँस फारम नजिकै सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. बरियारपट्टीबाट र ईलाका प्रहरी कार्यालय . बरियारपट्टीबाट खटिएको संयुक्त पैदल गस्ति टोलीले शंका लागेकोले चेकजाँच गर्दा भारत, नेपाल तिर आउदै गर्दा जिल्ला मधुवनी, कारगेगुत्री ग्राम पञ्चायत तेनुवाही ९ बस्ने अन्दाजी बर्ष २३ को कैलाश कुमार गुप्ताको साथबाट कालो प्लाष्टिकमा पोको पारेको सेतो प्लाष्टिक सहित अन्दाजी १९ ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ र १५ हजार नगद सहित गुप्ता पक्राउ परेको छ सशस्त्र प्रहरी बल नेपाल सिरहाका डिएसपी निलकमल आचर्यले जनकारी दिनुभयो पक्राउ परेको गुप्तालाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय बरियारपट्टीमा पठाएको डिएसपी आचार्यले बताए।


प्रतिक्रिया