डिआइजीले ताने घुमुवा।
पृतांक राष्ट्रिय दैनिक
धनुषा । प्रदेश नम्बर २ मा नेपाल प्रहरीका प्रमुख परिवर्तन भएका छन् । प्रदेश नम्बर २ को प्रमुखमा डीआइजी उमेश रञ्जितकार सरुवा भएका छन् । उनलेे बिरगंजमा प्रदेशको तर्फबाट घुमुवा कमान्डर भएर बसेका हवल्दार श्याम साह साेनारलाई प्रदेशमा तानेका छन् ।उनलाई मंगलबार तानेका हुन । तर उनको टाेलीका अरू घुमुवा भने यथावत रहेका र असुली धन्दामा सक्रिय रहिरहेका छन् ।बारा , राैतहटका घुमुवा पनि यथावत छन् ।आइजीपी सचिवालय अन्तर्गतको उजुरी छानबिनमा समेत कार्यरत रहिसकेका उनले विगतमा राखिएका घुमुवाहरू यथावत राख्छन् कि हटाउँछन् भन्ने चासोका साथ हेरिएको छ ।प्रदेश नम्बर २ बाट ८ वटा जिल्लामा घुमुवा खटाइका छन् । पर्सामा हवल्दार श्याम साह सोनार, रामबाबु सिंह, राजु साह खटिएका थिए । बारामा सन्जय साह कल्वारलाई परिचालन गरिएको छ । नेपालकाे सबैभन्दा बढी चाेरी तस्करी हुने क्षेत्रकाे रूपमा चिनिएको दुई नम्बर प्रदेशमा उनलेे कति चाेरी तस्करी राेक्न सक्छन् त्यो त केही दिनमा देखिने नै छ । तर डिअाइजीले घुमुवा राखेर जिल्ला जिल्लामा पठाउने र व्यापारी तथा तस्करी गर्नेहरूबाट रकम असुली गर्ने विगतको प्रचलनलाई उनले निरन्तरता दिन्छन् या राेक्छन त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो । जन प्रहारबाट


प्रतिक्रिया