सिरहाको औरही गाउँपलिकाबाट लागुऔषध सहित एक जना पक्राउ ।

पृतांक राष्ट्रिय दैनिक 

सिरहा प्रहरीले लागुऔषध  सहित एक जनालाई प्रहरीले पक्राउ  गरेको  छ। जिल्ला प्रहरी कार्यालय  सिरहाको अनुसार हरकटी प्रहरी चौकीबाट खटिएको प्रहरीले औरही गाउँपालिका १ दरहैयाबाट चेकजाँचको क्रममा सिरहको गोलबजार नगरपालिका ५ असनपुरका २२ वर्षिय दुखी सिंहलाई लागूऔषध नाईट्रोभेट ट्याबलेट एक सय २० पीस सहित नियन्त्रणमा लिएको ।
प्रहरीलाई शंकालागी ज. ३ प २६६६ नम्वरको मोटरसाइकलमा सवार सिंहलाई चेकजाँच गर्दा मोटरसाइकलको हेलमेटमा लुकाई राखेको अवस्थामा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी शुभाष अधिकारीले बताए  ।
प्रहरीले सिंहलाई नियन्त्रणमा लिई  थप अनुसन्धान भईरहेको    जिल्ला प्रहरी कार्यालयका  सिरहाका एसपी हिराबाहादुर पाण्डेले जानकारी दिनु भयो
लकडाउनको समयमा पनि सिरहाका विभिन्न नाकाहुँदै लागुऔषध कारोेवारीहरुले कारोवार जारी राखेको देखिन्छ ।

प्रतिक्रिया