प्रधानमन्त्री देउवा खुमलटारमा, दाहालपत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी

पृतांक राष्ट्रिय दैनिक 

काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटारस्थित उनको निवास पुगेका छन्

।खुमलटारमा दुई नेताहरूबीच वार्ता चलिरहेको दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिनुभयो ।भेटमा सरकारमा सहभागीताको विषयलगायत विकसित पछिल्ला राजनीति र मन्त्रिपरिषद् विस्तार सम्बन्धमा पनि छलफल भएको बुझिएको छ ।

भेटका क्रममा देउवाले दाहालपत्नी सीतासँग पनि भेट गर्नुभएको छ । भेटमा देउवाले सीताको स्वास्थ्य अवस्थाको विषयमा पनि जानकारी लिनुभएको थियो ।

यसअघि मंगलबार बिहान नै माओवादी अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेका थिए ।

प्रतिक्रिया