डिएसपी दाहालको ठुलो सफलता : सैतालिस सय नाईट्राभेट ट्याबलेट लागु औषध सहित एक जना नियन्त्रणमा।
पृतांक राष्ट्रिय दैनिक
लाहान ,
सिरहाको लहान नगरपालिका वडा नं.१ स्थित पुर्व पश्चिम राजमार्गमा प्रहरी चेकजाँचको क्रममा जिल्ला सिरहा नवराजपुर गाउँपलिका वाड ५ वस्ने बर्ष २६ को प्रभु नारायण सिंहको साथबाट नाईट्राभेट १० लेखिएको ४,७४० वटा ट्याबलेट, डाईजेपाम ,लेखिएको १९४, एम्पुल, फेनारगन लेखिएको १९४ एम्पुल, नाम लेवल नभएको १९४ एम्पुल र डाईलेक्स डि.सी (१०० एमएल) लेखिएको ७ बोतल लागु औषध बरामद गरेको छ ईलाका प्रहरी कार्यालयका डिएसपी डा.तपन दाहालले बताए ।
पक्राउ परेका सिंहलाई अबैध लागु औषध तथा मोटरसाइकल सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान ल्याई थप अनुसन्धान कार्य भईरहेको उनले बताए ।


प्रतिक्रिया