सर्लाहीमा महिनावारी असुल्दै सशस्त्र प्रहरी तस्करहरुको मिलेमतोमा

पृतांक राष्ट्रिय दैनिक 

सर्लाही 

सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरीले भन्सार छलीका सामानहरुबाट कमिसन असुल्ने गरेको पाइएको छ । जिल्लाको त्रिभुवननगर देखि भित्रिएको भन्सार छलीको सामान जिल्लाको वयलबास,लालबन्दी,हरिवन,हरिपुर लगायत बरहथवा लगायतका बजारमा पुग्ने गरेको पाइएको छ । खुल्ला सिमानाका कारण तस्करहरुले कपडा,सुर्ती,खैनी,गुटका,चिनी,खाने तेल तथा मलखाद्य भन्सार छली नेपाली बजारमा ल्याएर बेच्ने गरेको पाइएको छ । जसमा बोर्डर आउट पोष्ट त्रिभुवननगरका सशस्त्र प्रहरी निरिक्षक संजिव सिंह र सशस्त्र प्रहरी बल नेपाल,सुरक्षा वेश क्याम्प सागरनाथका प्रमुख सशस्त्र प्रहरीका सई विष्णु नारायण दनुवारको प्रत्यक्ष संग्लग्नता रहेको पाइएको छ ।
साउन १६ गते साँझमा सशस्त्र प्रहरी बल नेपाल,सुरक्षा वेश क्याम्प सागरनाथका प्रमुख सशस्त्र प्रहरीका सई दनुवारको नेतृत्वको टोलीले ना ४ ख ५३९९ नम्बरको बसबाट इश्वरपुर नगरपालिका ७ को धनपति डाँडा९गणेशचोक०बाट ६ वटा पोकामा ल्याइएको भन्सार छलीको कपडा बरामद् गरेको र उक्त बरा्मद गरिएको ६ पोका मध्य २ पोका कपडा सशस्त्र प्रहरी बल नेपाल,सुरक्षा वेश क्याम्प सागरनाथका प्रमुख सशस्त्र प्रहरीका सई दनुवारले तस्करलाई राती नै फिर्ता दिएपछि भन्सार छली गर्ने तस्करहरुसंग सशस्त्र प्रहरी निरिक्षक सिंह र सई दनुवारको संग्लग्नता रहेको खुलेको हो । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको कपडा तथा खेलौना सशस्त्र प्रहरी निरिक्षक सिंहको निर्देशनमा सई दनुवारले तस्करलाई राती नै फिर्ता गरेका छन् ।
भन्सर छलीका सामानहरु ल्याउने तस्करहरुसंग सशस्त्र प्रहरीले महिनावारी असुल्ने गरेको उक्त सामान फिर्ता दिएपछि खुलेको हो । तस्करहरुले हरेक सशस्त्र प्रहरी युनिटहरुलाई मासिक रु ८ हजार देखि १५ हजार सम्म कमिसन बुझाउने गरेको तस्करहरुले नै बताएका छन् ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको भन्सार छलीको सामान छुट्नु सशस्त्र प्रहरी निरिक्षक सिंहले घटनास्थलमा पुगेका पत्रकारहरुलाई पटक पटक फोन गरी भेट्न भन्नु, तस्करले राती केही सामान फिर्ता ल्याउनु र ६ पोका सामान समातेकोमा भन्सार बुझाउने क्रममा ४ पोका मात्र सामान देखिनुले तस्कर र सशस्त्र प्रहरी विच मिलेमतो रहेको खुलेको हो । सशसत्र प्रहरी निरिक्षक सिंह नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा।अमरेश कुमार सिंहको आश्रय पाएका कारण २÷३ पटक सम्म पनि बाहिनी तानिदाँ पनि फेरी फर्किएर बोर्डर आउट पोष्ट त्रिभुवननगरको प्रमुख कै रुपमा रहेका छन् ।  नवजन प्रहार

प्रतिक्रिया