समाज सुधारक सिडियो सिरहामा सक्रिय

पृतांक राष्ट्रिय दैनिक संवाददाता 
सिरहा – असोज 

अपराध र भ्रष्टचारका लागि सिरहा उद्गमस्थल मानिन्छ । रुढिबादी चिन्तनले ग्रस्त सिरहा लाग’पदार्थ पदार्थको पनि ट्रान्जिट प्वाईन्ट मानिन्छ । मधेशमा क’नैबेला सक्रिय रहेका भ’मिगत शसस्त्र सम”ह हरुको पनि राजधानी नै मानिन्छ सिरहा । देस नै ट’क्रयाउने घोषणा पनि सिरहामै भएको थियो क’नै बेला । यस्तैमा प्रम’ख जिल्ला अधिकारी बनेर आएकाछन् नेपाल सरकारका सहसचिब प्रदिपराज कँडेल । जो यावत च’नौतीको चाँगमा उभिएर यतिबेला कार्यसम्पादनमा सक्रिय छन् ।
सिरहामा सिडियो कँडेलको सक्रियता
सिरहास्थित पुरानो जिल्ला प्रशासन कार्यालय रहेको भवन परिसरमा केही दिनयता नेपाली सेना , जनपद प्रहरी , शसस्त्र प्रहरीका समूह मात्रै नभएर कर्मचारीको एउटा समूह सरसफाई गरिरहेको अवस्था भेटिन्छन् ।
सरसफाई गरिरहेकाहरुको त्यही भिडमा झाडु लगाई रहेका हुन्छन् सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल । जो भर्खरै सिरहामा सिडिओ बनेर आएका हुन् ।
र, सिडिओ कँडेलसँगै लोली मिलाएर प्रत्येक बिहान सरसफाईमा सहभागी भईरहेछन् नेपाली सेनाको सिरहा , चोहोर्वास्थित शेर गणका गणपती जितेन्द्र गौली, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक उमाशंकर पँजियार , शसस्त्र प्रहरी बल नं. ७ गण हेड क्वाटर सिरहाका शसस्त्र प्रहरी उपरिक्षक दीपेन्द्र गिरी लगायत पनि ।
जिल्लाका सुरक्षा प्रमुखहरु दिनहुँ जसो यहाँ सरसफाईमा जुट्ने गरेको समाचारले अहिले सिरहा तातेको छ ।

हो सिरहा कारागारमा रहेका ६ सय कैदी बन्दी मध्ये ८० जनामा कोरोना सँक्रमण देखियो , कारागारमा आईसोलेसन ब्यवस्थापन गर्न हम्मे परेपछि प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले उपयोगविहीन अवस्थामा रहेको कारागारसँगै जोडिएको पुरानो जिल्ला प्रशासन कार्यालयको भवनलाई आईसोलेसन बनाउने योजना बनाए अनि तुरुन्त कार्यान्वयनमा पनि ल्याईहाले ।
त्यसैले अहिले सुरक्षाकर्मी र कर्मचारीको जत्था दिनहुँ बिहान बिहान त्यहाँ सरसफाईमा जुट्न थालेका हुन् ।

अब एक साता भित्र आईसोलेसन सञ्चालनमा आउने छ , प्रजिअ कँडेलले बिएल सँगको कुराकानीमा भने , बजेटको अभाब भएकाले स्थानियस्तरमै उधारो सहयोगमा आईसोलेसन बनाउन सुरु गरेका हौँ ।
सिरहामा प्रमुख जिल्ला अधिकारी बनेर आउनु अघि कँडेल कारागार ब्यवस्था विभागमा महानिर्देशक थिए ।
उक्त विभागको महानिर्देशक रहेका बेला उनले कैदीबन्दीको समस्या प्रत्यक्ष देखेभोगेका थिए ।
यि हुन् समाज सुधारको प्रमाण
सरकारका सहयक सचिव प्रदिपराज कँडेल झाडु मात्रै लगाउँदैनन् समाजलाई सुधार्न अनेकन अभियानहरु चलाउँछन् । सिडिओ बनेर करिब एक दर्जन जिल्ला चहारेका उनले जहाँ गए समाज सुधारकको पनि परिचय बनाए । कँडेलले सुधारवादी अभियान चलाएका जिल्ला मध्येको एक हो , धनुषा ।
समाज सुधार गर्न आफैँबाट सुधार सुरु गर्नु पर्छ भन्ने मान्यता राख्ने तिनै कँडेलले धनुषाको प्रमुख जिल्ला अधिकारी बनेर आएको केही दिनमै जनकपुरस्थित जिल्ला प्रशासन कार्यालयमा आमुल परिवर्तन गरेर सबैलाई चकित तुल्याईदिए ।
मालपोत , नापी , भन्सार , श्रम तथा यातायात जस्तै कमाउ कार्यालयको रुपमा परिचित थियो , धनुषाको जिल्ला प्रशासन कार्यालय पनि ।
बिचौलिया मार्फत जिल्ला प्रशासन कार्यालयका कर्मचारीले लेनदेनको सेटिगं गरेर मात्रै काम गर्छन् भनेर भनिन्थ्यो ।
कार्यालय पनि उस्तै अस्तब्यस्त । गुट्खा र पान खाएर जताततै थुकिएका हुन्थे । कार्यालय परिसरमा फोहोर र उस्तै अस्तब्यस्तता पनि ।
तर कँडेलले धनुषाको जिल्ला प्रशासन कार्यालयमा आमुल परिवर्तन ल्याईदिए । कार्यालय परिसर चिटिक्क पारियो । सेवाग्राही बस्ने सुविधा सम्पन्न कोठा बन्यो । सेवाग्राहीलाई निशुल्क खानेपानी र चियाको ब्यवस्था गरियो । चिया भने सेवाग्राही आफैले बनाउनु पर्ने नियम बसालिदिएका थिए कँडेलले ।
फ्रि वाईफाईको ब्यवस्था गरिदिए , र बनाईदिए असहाय–अपाङका लागि छुट्टै मैत्री कोठा ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलको सुधारवादी चिन्तनले नै धनुषाको जिल्ला प्रशासन कार्यालय आमुल परिवर्तन संभव भएको त्यतीबेलो जनकपुरवासीले उनको मुक्तकण्ठले प्रशंसा भयो पनि ।
त्यसैले आजभोली पनि जनकपुरका चिया पसलहरुमा जनसाधरण भन्ने गर्छन् , सिडियो हुन् त प्रदिपराज कँणेल जस्ता ।
धनुषामा कँडेलको प्रशंसा अझै हुने गरेको छ ।
महिला सेवाग्राहीलाई लक्षित गरेर सन्तानलाई दूध खुवाउनका लागि स्तनपान कक्षको समेत व्यवस्था गरिदिएर जिल्लाका समग्र महिलाका प्रशंसाका पात्र समेत बने कँडेल ।
नागरिकता, सिफारिस र राहदानीबारे सम्बन्धित फाँटले सेवाग्राहीलाई माइकमै बोलाएर वितरण गर्ने परिपाटी पनि कँडेलले बसालिदिएका थिए धनुषामा । विद्युतीय टोकनबाट धनुषा जिल्ला प्रशासनले सेवा आरम्भ गर्यो ।

कार्यालयको सेवा चुस्त दुरुस्त भए नभएको सिसि टिभि क्यामराबाट प्रत्यक्ष निगरानी गरिरहेका हुन्थे प्रमुख जिल्ला अधिकारी कँडेल ।
जहाँ गए सुधारवादी अभियान चलाए
पाँचथरको प्रमुख जिल्ला अधिकारी भएर जाँदा सरकारले देशैभरि निरक्षर उन्मुलनको अभियान चलाइरहेको थियो । त्यसै मेसोमा उनले ‘इच वान, टिच वान’ अभियान चलाए, अर्थात् एक व्यक्तिले अर्को एक जनालाई पढाउने । अभियानलाई सहयोग पनि पुग्ने र निरक्षरता पनि हट्ने सोच अनुसार उनले त्यो कार्यक्रम ल्याएका थिए ।
पाँचथरको अभियानबारे कँडेल सम्झिन्छन् ‘त्यतिखेर हामीले चलाएको त्यो अभियानपछि धेरै निरक्षरहरु मोबाइलमा फोन गर्न सक्ने, नम्बर हेर्न सक्ने र नेपाली भाषा सामान्य पढ्न सक्नेसम्म भएका थिए ।’
त्यस्तै कँडेलले सोलुखुम्बुमा प्रमुख जिल्ला अधिकारी रहँदा ‘टच टु फाइन्ड’ अर्थात खोजेको कागजात तुरुन्तै भेटिने गरी कार्यालय व्यवस्थापनमा चुस्त अनि दुरुस्त बनाउने अभियान पनि सुरु गरेका थिए ।
कँडेलले पाँचथर र गुल्मीमा ‘गरिबका लागि कपडा बैंक’ भन्ने अभियान नै चलाए । इलाममा एउटा संस्थाले त्यस्तै अभियान चलाइरहेको थियो । उनलाई त्यो सोच मन परेर पाँचथर र गुल्मीमा लगेर कार्यान्वयन गरे । अहिले पनि पाँचथर र गुल्मीमा त्यो अभियान जारी छ ।
सुधार अभियानमा अवरोध
गुल्मीमा प्रमुख जिल्ला अधिकारी रहँदा कँडेलले सेवाग्राहीसँग सम्बन्ध विस्तार गर्ने नयाँ विधि खोजे । कामका लागि कार्यालयमा आउने सेवाग्राहीलाई सुरुमै निस्शुल्क चियाकफी र पानी पिउने व्यवस्था मिलाएर स्वागत गर्ने । त्यसपछि उनीहरुको काम गर्ने ।
तर, सामाजिक सञ्जालबाट सिडिओले सस्तो लोकप्रियताका लागि राज्यको ढुकुटी सक्यो भनेर टीकाटिप्पणी सुरु भयो । तर, उनले सरकारी ढुकुटीबाट नभइ स्थानीय दाताहरूको सहयोगमा त्यो काम गरेका थिए । जसमा स्थानीय राजनीतिक दलका नेता, समाजसेवी लगायतले सहयोग गरेका थिए । उनले त्यसको खर्च विवरण पनि सार्वजनिक गर्दथे ।
अर्को काम गर्दा पनि यस्तै आरोप लाग्यो । गुल्मी बडागाउँमा आगलागी भएर पूरै गाउँ खरानी भयो । त्यसको चौथो दिन उनले दलका प्रतिनिधि, सेना , प्रहरी, नागरिक समाज सबै मिलेर ५४ वटा टहरा बनाए ।
तर, उनका आलोचकहरुले त्यसलाई पनि सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लगाए ।
कँडेलको भनाई छ ‘समाजमा एकाध मान्छे आफू केही नगर्ने, नगरेमा केही गरेन भन्ने र गरे पनि विभिन्न खोट खोजेर बस्ने रहेछन् । म तिनीहरुको सिकार भएको छु ।’
पाँचथरमा रहँदा उनले ध्वनी बडापत्रको अवधारणा ल्याएका थिए । त्यसबाट सेवाग्राहीले सुनेरै ‘यो कार्यालयबाट मैले के के सुविधा कसरी र कति समयभित्र पाउन सक्छु’ भन्ने कुरा थाहा पाउँथे ।
तर, उनी सरुवा भएपछि पाँचथरका प्रमुख जिल्ला अधिकारीले त्यस्तो बडापत्र नै हटाइदिए ।
गुल्मीमा भने अहिले पनि ध्वनी वडापत्र कार्यान्वयनमा रहेको उनले बताए । पाँचथरमा रहँदा उनी सडक बिस्तारका लागि आफै घन बोकेर हिँड्दथे ।
व्याप्त भ्रष्टाचार, ढिलासुस्ती र अव्यवस्था हटाउन कर्मचारीले आफैंबाट त्यो काम थाल्नुपर्ने कँडेलको ठहर छ ।
सम्मानको ओईरो
एकाउन्टिविलिटी ल्याव भन्ने एक अन्तर्रा्ष्ट्रिय संस्थाले नेपाल, पाकिस्तान, अफगानिस्तान, लाइबेरियामा र घानामा केही वर्षदेखि उत्कृष्ट कर्मचारीको खोजी गरिरहेको छ । त्यस्ता कर्मचारी छनोटका सूचकहरु छन् । अन्तिममा टप ५ मा पुगेपछि पब्लिक भोटिङ गरिन्छ । राम्रो काम गरे वापत सबैभन्दा धेरै मत पाएर कँणेलले सन् २०१५ को इन्टिग्रिटी आइडल अवार्ड पाएका थिए ।
पाँचथरमा प्रमुख जिल्ला अधिकारी रहँदा अपाङ्गता भएका, जेष्ठ नागरिक, बालबालिका मैत्री कार्यालय बनाएवाफत उत्कृष्ट प्रमुख जिल्ला अधिकारीको सम्मान पनि पाएका थिए ।
अमेरिकी सहयोग नियोग ‌(युएसएआइडी), सर्च फर कमन ग्राउण्ड र एण्टेना फाउण्डेशन नेपालको सहकार्यमा सञ्चालित गाउँगाउँमा सिंहदरवार नामक अभियान अन्तर्गत कँणेलले सो सम्मान पाएका थिए ।
रौतहट देखि सिंहदरवार सम्मको यात्रा
२०४६ सालमा निजामती सेवामा छिरेका कँणेलले सुरुका दिनमा निजामती सेवालाई एउटा जागिर खाने थलोको रुपमा मात्र बुझेका थिए ।
‘निजामती सेवालाई एउटा नोकरीका रुपमा मात्र ठानेको थिएँ । सरकारी सेवामा गएर यस्तो उस्तो गरुँला भनेर मसँग कुनै योजना नै थिएन ।’ उनले सुनाए ।
जब निजामतीभित्र छिरे, कँडेलले समस्यै समस्या देखे । र , कर्मचारीले सेवाग्राहीलाई दिएको दुःख देखेर सुधार गर्नु पर्छ भन्ने निष्कर्षमा पुगे ।
कँडेलको घर रौतहटको जुडिबेला भन्ने गाउँमा छ । थारु, दुसार, चमार, कछडिया र केही पहाडियाहरुको बाहुल्य भएको बस्तीमा अधिकांश गरिब छन् ।
उनी प्रशासन सुधारमा गहिरिएर लाग्नुमा तिनै गरिब र दीनदुःखीको देन पनि छ । भन्छन् – ‘ आफू जमिनदारको छोरो भएपनि गरिब समुदायसँग उठबस हुने भएकाले सधैँ तिनकै दुःख सम्झिन्थेँ र त्यसले पनि मलाई प्रशासनमा सुधार गर्नु पर्छ भनेर घचघच्याई रह्यो ।
उनले सिंहदरवारस्थित गृह मन्त्रालयमा समेत कार्यसम्पादन गरिसकेका छन् ।
उनले दुर्गम जिल्लाहरुमा बसेर धेरै समय काम गरेका छन् । त्यस्ता हिमाली जिल्लाहरु पनि छन् जहाँ गाउँगाउँबाट सदरमुकाम आउन ५, ६ दिनसम्म लाग्छ । त्यसरी आएका सेवाग्राहीलाई सरकारी कार्यालयमा कर्मचारीले तेरो यो मिलेन, यस्तो मिलेन भनेर दुःख दिएको पनि देख्थे । त्यस्तो देख्दा उनी सोच्थे, गरिबीका कारण उमेरमै अनुहार चाउरिएका र फाटेको लुगा लगाएका उनीहरूको मन कर्मचारीले दुःख थप्दा झन् कति रुँदो हो ।
गरिब समुदायसँगको उठबसमा उनीहरुको मर्म बुझेकाले उनी सकेसम्म त्यस्ता सेवाग्राहीको काम सजिलो पनि बनाइदिन्थे ।

प्रतिक्रिया