पहिराेले त्रिभुवन राजपथकाे सिस्नेखाेला अवरुद्ध

पृतांक राष्ट्रिय दैनिक 
धादिङ, २ भदाै ।
त्रिभुवन राजपथ अन्तरगत नौबिसे-नागढुङगा सडक खण्ड अन्तर्गत सिस्नेखाेलामा पहिरोले अबरुद्ध भएको छ । पहिरोका कारण सिस्नेखोला र खत्रीपैवा विचको भागमा सडक माथिबाट पहिरो आउँदा राजमार्ग अबरुद्ध भएको इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिनु भएको छ ।
लगातार पानि परिरहेका कारण पहिरो हटाउनु केही समय लाग्ने प्रहरीले बताएको छ । पहिरोमा फसेको ना २ ख ८३५३ नम्बरको टक त्यहाँबाट निकालिएको छ ।

सडक फराकिलाे पार्नेक्रमा पहिराे लडेर सडक अवरुद्ध हुँदै अाएकाे छ ।

प्रतिक्रिया