सिरहाको लहानबाट ब्राउनसुगर सहित ४ जनालाई पक्राउ।
पृतांक राष्ट्रिय दैनिक
लहान भाद्र ६ गते
सिरहा । लहानका नगरपालिका वार्ड न. ८ को हाइवे मा पर्ने सिम्रीक होटेलको कोठा न. ४०२ बाट चार जनालाइ ईलाका प्रहरी कार्यालय लहानले लागुऔषध (ब्राउनसुगर)
सहित ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका जिल्ला दोलखा भिमेश्वर नगरपालिका २ बस्ने बर्ढ २५ को अर्जुन थामी सोही ठाउँ बस्ने टीका बहादुरका गुरुङका छोरा बर्ष २९ का सुशान्त गुरुङ र गरी सोही जिल्ला बैतेश्वर नगरपालिका बस्ने बर्ष ३१ का सागर मगर सोही ठाउँको बर्ष ३२ का सरोज तमांङ्ग रहेको छ । उनिहरुको साथबाट ७ ग्राम लागुऔषध(ब्राउनसुगर) र प्रयोग गरेको ALTO CAR १ थान सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ। ईलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन कुमार दहालले जानकारी दिनुभयो।


प्रतिक्रिया