सिरहा प्रहरीको ठुलो सफलता भन्सार छलेका ७५ लाख बराबरको औषधी बरामद।

पृतांक राष्ट्रिय दैनिक 

लहान ,भदौ १९

सिरहा प्रहरीको ठुलो सफलता भन्सार छलेका ७५ लाख बराबरको औषधी बरामद।

सिरहा प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ७५ लाख भन्दा बढी मूल्यको औषधी बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले शनिवार विहान लहान–ठाडी सडक अन्तर्गत लहान नगरपालिका – १९ कटहाचौकबाट लु. १ स ८००७ नम्वरको अट्टो सहित ७५ लाख ५६ हजार ८ सय मूल्य बराबरको  भन्सार छलेको औषधी बरामद गरेको हो ।
गस्तीमा रहेको प्रहरीलाई देखेर अट्टो चालक भागेपछि खानतलासी गर्ने क्रममा रेकल–के २–७  (RECAL-K2-7) नामक औषधी १५ कार्टुन, वेथोकल (OETHOCAL) ट्याव्लेट १० कार्टुन र क्यारेकल (CARECAL)  नामक ट्याव्लेट ५ कार्टुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।
अट्टो सहित बरामद सवै औषधी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय ठाडी पठाइएको जनाएको छ ।
शनिवार भएकाले औषधी र गाडी कसको हो भन्ने पत्ता लागिसकेको छैन । बरामद औषध कसले कहाँ लग्न लागेको भन्ने विषयमा अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया