पृतांक राष्ट्रिय दैनिक
सशस्त्र प्रहरीले ठुलो मात्रामा अवैध रुपमा ढुवानी गर्न थालेको सुपारी बरामद गरेको छ ।जिल्ला रुपन्देही सिद्धार्थनगरको सीमा इलाका हुँदै अबैध रुपमा भारततर्फ कटिङ्ग सुपारी चोरी निकासी हुँदै गरेको २० वटा बाेरामा राखेको सुपारी सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीले बरामद गरेको हाे ।
सशस्त्र प्रहरी निरीक्षक ताम्रजंग बस्नेतको कमाण्डमा खटिएको ९ जनाको स्क्वार्ड टोलीले रुपन्देही सिद्धार्थनगर ११ भुजौली इलाकाबाट २० वटा बोरामा लुकाई छिपाई चोरी निकासी गर्न लागेको अन्दाजी मुल्य रु. ६,००,०००।-(छ लाख) बराबरको बेबारिसे १००० के.जी. कटिङ्ग सुपारी बरामद गरेको एसपी राजेश उप्रेतीले बताए ।
साथै उक्त कटिङ्ग सुपारी भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाउने प्रक्रियामा रहेको छ ।
साथै उक्त कटिङ्ग सुपारीलाई कहाँबाट ल्याएको र ओसार-पसार कार्यमा को-को संलग्न छन् भन्ने बिषयमा थप अनुसन्धान भइरहेको छ ।हाम्ररा खवर

