सिरहाको ठाडिबाट ५ किलो चाँदीसहित दुई युवक पक्राउ

पृतांक राष्ट्रिय दैनिक 

राम सगर दास ,सिरहा

सिरहाको ठाडीमा नेपालबाट भारततर्फ तस्करी गर्न लागेको ५ किलो चाँदीसहित दुई जना भारतीय युवकलाई ठाडी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला, खुटौना पञ्चायत बस्ने ४० वर्षीय पिन्टु महतो र ३५ वर्षीय रबि महतो रहेका छन् । उनी दुबै जनालाई सिरहाको भगवानपुर गाउँपालिका वडा नं. ४ ठाडीमा चेकजाँचको क्रममा चाँदीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी हिरा बहादुर पाण्डेले बताए।

प्रतिक्रिया